शनिबार, असार ६, २०८३

तीनवटा सवारी दुर्घटनामा सातजनाको मृत्यु

स्याङ्जा, धादिङ र सर्लाहीमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं– स्याङ्जा, धादिङ र सर्लाहीमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।

National life

स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित सडकमा ग १ ज ७३९९ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जिपमा सवार सोही नगरपालिका १२ डाडाखर्क बस्ने २५ वर्षीया शर्मीला सारु र उनका ७ महिनाको छोरा सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका ६ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ हुँदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर र २ जनाको मध्यम रहेको प्रहरीले जनाएको छ। आइतबार नै धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटस्थित सडकमा बा ४ ख २७०४ नम्बरको हायस दुर्घटना हुँदा तनहुँ दमौली रत्नहरी अस्पतालमा कार्यरत २६ वर्षीया मुना गुरुङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको नर्भिक अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।

हायसले ओभरटेक गर्ने क्रममा बा ८ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई पुनः ना ८ ख २०१४ नम्बरको ट्रकसँग ठक्कर खाँदा उक्त दुर्घटना भएको बताइएको छ। दुर्घटनामा घाइते भएका हायस चालक समेत १४ जनालाई राजमार्ग अस्पताल मलेखु, गजुरी अस्पताल र मलेखु टिचिङ अस्पताल हुँदै थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौं रिफर गरिएको छ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने हाल फरार ट्रक चालकको खोजी गरिरहेको छ। त्यसैगरी सर्लाहीको मलंगवा नगरपालिका १२ गम्हरियास्थित सडकमा बीआर ०६ पीएफ १०७४ नम्बरको मिनी बसको ठक्करबाट साइकलयात्री कबिलासी नगरपालिका ९ बस्ने ५८ वर्षीय शंकर रायको आइतबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार बसका चालकको प्रहरीले खोजी गरिरहेको छ।

Shivam cement

प्रकाशित: Apr 17, 2022| 17:19 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।