शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गोदावरी : एमाले एकमत, अन्यलाई सकस

अघिल्लो २०७४ सालको निर्वाचनमा गोदावरीको मेयरमा एमाले विजयी भएको थियो। मेयरमा एमालेका हरिसिंह साउद ९ हजार ८ सय ७० मत प्राप्त गर्दै विजयी भएका थिए। उनले कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्टलाई पराजित गरेका थिए।
 |  आइतबार, वैशाख ४, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- कैलालीको गोदावरी सुदूरपश्चिमको स्थायी राजधानी तोकिएको क्षेत्र हो। गोदावरीको मेयरका लागि विभिन्न दलका विभिन्न व्यक्तिले दाबेदारी गरिरहेका छन्। एउटै राजनीतिक दलबाट समेत थुप्रै आकांक्षी छन्।

triton college

मेयरका लागि गठबन्धनमा आबद्ध दलहरू समेत एक मत हुन सकेका छैनन्। सबैले मेयरमा आ-आफ्नो दाबेदारी गरिरहेका छन्। 

अघिल्लो २०७४ सालको निर्वाचनमा गोदावरीको मेयरमा एमाले विजयी भएको थियो। मेयरमा एमालेका हरिसिंह साउद ९ हजार ८ सय ७० मत प्राप्त गर्दै विजयी भएका थिए। उनले कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्टलाई पराजित गरेका थिए। भट्टले ८ हजार ४ सय ५७ मत प्राप्त गरेका थिए। उपमेयरमा पनि तत्कालीन समयमा एमालेबाट रत्ना कडायत विजयी भएकी थिइन्। 

उनले कांग्रेस नेतृ भगवती पाठकलाई पराजित गरेकी हुन्। कडायतले १० हजार २५ मत ल्याउँदा पाठकको ८ हजार ९ सय ७३ मत आएको थियो।  तर, अहिले कडायत नेकपा एकीकृत समाजवादीमा छिन्।

सत्ता गठबन्धनका दलहरूबीच पहिले जुन दलले जहाँ जितेको छ त्यो दललाई सोही स्थानीय तह दिने र एमालेले जितेका पालिकामा भने भागबन्डा गर्ने सहमति भएको छ। सोही अनुरूप यो पालिकामा एमालेले जितेकाले सत्ता गठबन्धनले भागबन्डा गर्नुपर्ने छ। तर, मेयर र उपमेयरमा कुन पार्टीले टिकट पाउने भन्ने अहिलेसम्म टुंगो लाग्न नसकेको स्थानीय नेताहरू बताउँछन्।

Metro Mart
vianet

२०७४ को स्थानीय निर्वाचनमा १२ वटा वडा रहेको नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ९ र ११ मा एमाले, वडा नम्बर ६, ७, ८, १० र १२ मा कांग्रेस, वडा नम्बर १ मा माओवादी विजयी भएको थियो। हाल वडा नम्बर ५ र ११ का अध्यक्ष समाजवादीमा गएका छन्। वडा नम्बर १ मा माओवादीबाट विजयी वडाध्यक्ष एमालेमा छन्।

एमालेका ९ जना दाबेदार

नेकपा एमालेको तर्फबाट गोदावरीको नगर प्रमुखका लागि नौ जनाले दाबी गरेका छन्। दाबी पेस गर्नेमा हालका नगरप्रमुख हरिसिंह साउद, नगर कमिटीका अध्यक्ष गोकर्ण भट्ट, प्रदेश कमिटी सदस्य मानबहादुर रावल, दामोदर रिजाल, जिल्ला कमिटी सदस्य गणेश जिमी साउद, आनन्द भट्ट रहेका छन्।  

यस्तै तीर्थराज ओझा, नरेन्द्र शर्मा र बाजी विकले पनि मेयरमा दाबी पेस गरेका छन्। उपप्रमुखमा तीन जनाको दाबी पेस भएको छ। दाबी गर्नेमा शारदा रोकाया, रत्ना कुँवर (जोशी) र  गंगा चौधरी रहेका छन्। 

नेकपा एमाले गोदावरी नगरपालिका  इन्चार्ज आनन्द भट्टले पार्टीमा अहिले जति जना उम्मेदवार देखिए पनि एक भएर जाने बताएका छन्। 'म पनि एक दाबेदार हुँ। लोकतन्त्रमा दाबेदारी प्रस्तुत गर्ने अधिकार सबैको छ। तर, पार्टीको केन्द्रीय निर्देशनलाई हामी आत्मसात् गर्ने छौं,' उनले भने। उनले तीन वर्षमा एमालेको नेतृत्वमा गोदावरीमा ठूलो विकास र परिवर्तन भएको दाबी गरेका छन्। गोदावरीमा कुनै दलसँग साझेदारी नगर्दा पनि एमाले बलियो रहेकाले जित्ने निश्चित रहेको भट्टको दाबी छ। उनले जनताको भावना बुझ्न सक्ने नेता नै आजको आवश्यकता रहेको बताउँदै सोही प्रवृत्तिको व्यक्तिलाई सहमतिका आधारमा मेयरको उम्मेदवार बनाइने बताए।

कांग्रेसको अवस्था कस्तो छ?

नेपाली कांग्रेसबाट गोदावरीको मेयरका लागि आठ जना आकांक्षी देखिएका छन्। २०७४ सालको निर्वाचनमा एमालेसँग झिनो मतले पराजित वीरेन्द्र भट्टसहित आठ जनाले दाबेदारी गरिरहेका हुन्। मेयरमा दाबेदारी गर्नेमा सुरत कार्की, हेमप्रकाश उप्रेती, पुष्पराज जोशी, खेम साउद, तुलसी देवकोटा, ललित रोकाया, वीरबहादुर चोखाल रहेका छन्। 

यस्तै उपमेयरमा पाँच जनाले दाबेदारी गरिरहेका छन्। उपमेयरमा भगवती पाठक, शारदा केसी, चन्द्रलक्ष्मी शाह, लक्ष्मी भट्ट र इन्द्रा कठायत रहेका छन्। मेयरका दाबेदार सुरत कार्कीले अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस एमालेसँग झिनो मतले पराजित भएकाले गठबन्धनमा बलियो दाबेदार कांग्रेस भएको बताएका छन्।

'एमालेले पाँच वर्षे कार्यकाल बिताए पनि केही गरेन। हामीले बाहिर रहेर नै नगरको विकासका लागि थुप्रै कार्यक्रम गरेका छौं। अघिल्लो  पटक पनि हामी झिनो मतले पराजित भएका हौं। यस पटक स्वाभाविक रूपमा हाम्रो दाबेदारी रहन्छ। र, हामीले टिकट पाउँछौं पनि,' उनले भने। उनले गठबन्धन भए पनि नभए पनि आफूहरूको लोकप्रियताले कांग्रेस एक्लैले पनि जित्ने अवस्था रहेको दाबी गरेका छन्। तर, केन्द्रको निर्णय अनुसार गठबन्धन भने रहने उनले बताए। उनले विभिन्न योजना बनाएर नै चुनावमा होमिएको बताएका छन्। कांग्रेसले विजयी भइसकेपछि आफ्ना बाचा पूरा गर्ने उनको दाबी छ।

समाजवादीबाट रत्ना कडायतको दाबी, माओवादीबाट को?

गोदावरी नगरपालिकाको उपमेयरमा नेकपा एकीकृत समाजवादीबाट सकुन्तला सोबको नाममा सहमति भएको छ। सोब लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेकी छन्। उनी विभिन्न सामाजिक संघ संस्थामा पनि आबद्ध छिन्। मेयरमा रत्ना कडायतले पनि दाबी गरेकी छन्। हाल उपमेयर रहेकी कडायतले नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरमा दाबी गरेकी हुन्।

कडायत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी भएकी थिइन्। तर, हाल उनी नेकपा एकीकृत समाजवादीमा छिन्। उनले ५ वर्ष उपमेयर पदमा बसेर काम गरिसकेको र मेयरका लागि तयारीमा रहेको बताएकी छन्। 'हामीले गठबन्धनभित्रबाट कुन वडामा कसले टिकट पाउने भन्ने विषयमा छलफल गरिरहेका छौं। निर्णय हुन भने बाँकी छ। तर, पाँच वर्ष उपप्रमुख भएर काम गरिसकेकाले मैले स्वाभाविक रूपमा टिकट पाउनुपर्ने हो। टिकट पाउनेमा म विश्वस्त छु,' उनले भनिन्।

उनले अहिले टिकटका विषयमा छलफल जारी नै रहेकाले धेरै बोल्न उपयुक्त नहुने प्रतिक्रिया दिएकी छन्। 'म उपमेयर हुँदा जनतामाझ निकै लोकप्रिय थिएँ। न्यायिक समितिको संयोजक भएर काम गर्दा पीडामा रहेका नगरवासीले न्याय पाउने गरी मेलमिलापको काम गरेकी छु। महिला भएकाले पनि धेरैले मलाई नै टिकट दिनुपर्छ भनिरहनु भएको छ,' उनले भनिन्।

उनले आफूसँग नगरपालिकालाई कुन मोडमा लैजाने भन्ने खाका रहेको बताएकी छन्। पाँच वर्ष काम गरेर अनुभव बटुलिसकेकाले पनि आफूलाई त्यो मोडलमा काम गर्न सहज हुने उनले दाबी गरेकी छन्। कडायत नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय परिषद् सदस्य तथा कैलाली जिल्ला उपाध्यक्ष तथा समेत हुन्।

यस्तै नेकपा माओवादी केन्द्रबाट चार जनाले गोदावरीको मेयरका लागि दाबी गरिरहेका छन्। माओवादीबाट उद्धव भट्टराई, मेघराज भट्ट, विक्रम विक र धर्म कुँवरको नाम मेयरको लागि चर्चामा छ। उपमेयरमा भने माओवादी प्रदेश कमिटी सदस्य कमला कैनीले दाबी गरिरहेकी छन्।

मेयरका दाबेदार मेघराज भट्टले गठबन्धनको निर्णय कुरिरहेकाले अहिले नै आफूहरूले आधिकारिक व्यक्तिको टुंगो लगाउन नसकेको बताएका छन्। उनले गठबन्धनका तर्फबाट टिकट पाए सहमतिका आधारमा एक जनालाई मेयरको टिकट दिइने बताएका छन्।

जिल्लामै छैन चुनावी तालमेलको सम्भावना

स्थानीय तह निर्वाचनमा कैलालीमा चार दलीय गठबन्धनबीच तालमेल हुने सम्भावना घटेको छ। शनिबार बसेको बैठकमा सबै दलले आ–आफ्नो अडान कायमै राखेपछि चुनावी तालमेल हुने सम्भावना घटेको हो।

गठबन्धनको बैठकमा नेपाली कांग्रेसले जिल्लाका १३ मध्ये ११, माओवादी केन्द्रले सात, एकीकृत समाजवादीले चार र जनमोर्चाले एक स्थानीय तहमा दाबी गरेका छन्। नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले भागबण्डामा सहमति हुन नसकेपछि चुनावी तालमेलको सम्भावना घटेको प्रतिक्रिया दिएका छन्। उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा चार पालिका कांग्रेसले जितेको, दुई पालिका माओवादीले जितेको र बाँकी रहेका सात पालिकामा भागबन्डा हुनुपर्ने बताएका छन्।

‘नेपाली कांग्रेस ११ वटा स्थानीय तहमा एक्लै बलियो छ। गठबन्धनमा आवद्ध दलले कांग्रेसलाई दुई पालिका पनि दिन तयार छैनन्। यस्तो अवस्थामा गठबन्धन हुने सम्भावना न्यून रहेको छ। हामीले आज नयाँ मोडालिटीमा जान खोजेका छौं। त्यसमा पनि सहमति भएन भने हामी एक्लै चुनावमा जान्छौं,’ उनले भने। जिल्लामा सहमति नजुटे थप छलफलका लागि आफूहरूले नेपाली कांग्रेस प्रदेश समितिलाई आग्रह गर्ने बताए। 

प्रकाशित: Apr 17, 2022| 14:02 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...