मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितुवाको छालासहित काठमाडौंको बुढानीलकण्ठबाट चार जना पक्राउ

चितुवाको छालासहित काठमाडौंको बुढानीलकण्ठबाट चार जना पक्राउ

चितुवाको छालासहित प्रहरीले काठमाडौंबाट चार जना पक्राउ गरेको छ। प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं– चितुवाको छालासहित प्रहरीले काठमाडौंबाट चार जना पक्राउ गरेको छ। प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो। 

झोलाभित्र लुकाइरहेको अवस्थामा चितुवाको छालासहित उनीहरूलाई पक्राउ गरिएको परिसरले जनाएको छ। पक्राउ पर्नेमा गुल्मीका ३५ वर्षीय विष्णु सुनार, ओखलढुङ्गाका २९ वर्षीय फुरी शेर्पा, भक्तपुरका २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुलीका ३० वर्षीय बिकास पुर्कुटी रहेका छन्। 

उनीहरूको साथबाट जितुवाको छाला दुई थान, खप्पर लगायत बरामद भएको छ। पक्राउ परेकाहरूलाई थप अनुन्धान तथा आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ।

प्रकाशित: Apr 17, 2022| 13:47 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।