मंगलबार, साउन २६, २०८३

बिहानैदेखि अवरुद्ध वीपी राजमार्ग खुल्यो

आइतबार बिहानैदेखि अवरुद्ध बनेपा–सिन्धुली–बर्दिबास (वीपी) राजमार्ग सञ्‍चालनमा आएको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

सिन्धुली- आइतबार बिहानैदेखि अवरुद्ध  बनेपा–सिन्धुली–बर्दिबास (वीपी) राजमार्ग सञ्‍चालनमा आएको छ। 

ठेकेदार, मृतक बालकका आफन्त र प्रहरी प्रशासनबीचको सहमतिपछि राजमार्ग सञ्चालनमा आएको हो। दुई दिनपछि आफन्तले बालकको शव बुझेर पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ।  

कमलामाई नगरपालिका ४ र ६ जोड्ने ग्वाङ खोलामा पक्की पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुब्दा फिक्कल गाउँपालिका १ का प्रकाश भुजेलका १२ वर्षीय छोरा सिरास भुजेलको मृत्यु भएको थियो।

उक्त घटनालाई लिएर पीडित पक्षले ठेकेदारलाई कारबाही र क्षतपूर्तिको माग गर्दै कमलामाई नगरपालिका ४ ढुङ्ग्रेवासमा राजमार्ग अवरुद्ध पारेका थिए।

प्रकाशित: Apr 17, 2022| 13:05 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।