शनिबार, असार ६, २०८३

विभिन्न स्थानमा ३ जना मृत फेला

देशका विभिन्न स्थानमा ३ जना मृत फेला परेका छन्। कैलाली, रामेछाप र झापामा उनीहरुको शव फेला परेको हो।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं– देशका विभिन्न स्थानमा ३ जना मृत फेला परेका छन्। कैलाली, रामेछाप र झापामा उनीहरुको शव फेला परेको हो। 

National life

कैलालीको गोदावरी नगरपालिका ५ गेटा बारबाटास्थित सडकको नालीमा सोही गाउँपालिका नहरटोल डेरा गरी बस्ने बैतडी सुर्नया गाउँपालिका ४ घर भएका ४५ वर्षीय राजेन्द्र बहादुर पाण्डे शनिबार मृत अवस्थामा फेला परेका छन्।

त्यसैगरी रामेछापको मन्थली नगरपालिका १ मन्थलीघाटस्थित तामाकोशी नदी किनारमा हाटेचौर बस्ने ३२ वर्षीय टिका बहादुर माझी शनिबार मृत अवस्थामा फेला परेका छन्।

उता झापाको अर्जुनधारा नगरपालिका ४ दहीझोडा बस्ने मनु चेम्जोङकी छोरी ४ वर्षीया सचिना चेम्जोङ आफ्नै घरबाट करिब ३ सय मिटर टाढा पानीको पैनीमा शनिबार मृत अवस्थामा फेला परेकी छन्। सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Shivam cement

प्रकाशित: Apr 17, 2022| 12:45 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।