काठमाडौं- स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।
आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जीपमा सवार ११ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङले बताएको छ। मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि पोखरा पठाइएको छ। घाइते मध्ये दुईजनाको अवस्था गम्भिर छ। घटनाको थप विवरण आउन बाँकी छ।