काठमाडौं- स्याङ्जामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार बिहान सवा १० बजे वालिङ नगरपालिका-१२ मा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको ग१ज ७३९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।
दुर्घटनामा थप तीन जना घाइते छन्। घाइते मध्ये दुई जनाको वालिङस्थित प्राथमिक अस्पताल र एक जनाको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ। गण्डकी अस्पतालमा पठाइएका व्यक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनाको थप विवरण आउन बाँकी छ।