शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

सुर्खेतमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ शेरघारी फर्ममा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन्।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

सुर्खेत- सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ शेरघारी फर्ममा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन्।

National life

बेतनीबाट गुमीतर्फ आउँदै गरेको भे१ह ३०४९ नम्बरको टेम्पो शनिबार साँझ पौने ७ बजे पल्टिंदा सुर्खेतक गुर्भाकोट नगरपालिका-१४ का अन्दाजी ६० वर्षीय पदमबहादुर रास्कोटीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।

दुर्घटनामा टेम्पो चालक ३१ वर्षीय पदम शाही, ४५ वर्षीय गोपाल पुन र ४२ वर्षीया पूर्णकला पुन घाइते छन्। उनीहरूको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 17, 2022| 09:20 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।