मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्यालिफोर्नियामा सवारी दुर्घटनामा एक नेपालीको मृत्यु

क्यालिफोर्नियामा सवारी दुर्घटनामा एक नेपालीको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यमा सवारी दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- अमेरिकाको क्यालिफोर्निया राज्यमा सवारी दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। दुई गाडी ठोक्किँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको क्यालिफोर्निया राजमार्ग प्रहरीले जनाएको छ।

क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो। प्रहरीका अनुसार घटनास्थलमै विष्टको ज्यान गएको थियो। अर्का चालक गम्भीर घाइते भएका छन्। २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा उपचारको लागि राखिएको छ।

उक्त घटना गत बिहीबार अप्रिल १४ का दिन राती ११ बजे घटेको हो। मृतककी नाम मुना विष्ट नेपालमा रहेकी छन्। उनी बुवा अनन्त विक्रम विष्टसँगै १५ वर्षदेखि अमेरिकामै बस्दै आएका थिए।

प्रकाशित: Apr 17, 2022| 07:15 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।