शनिबार, असार ६, २०८३

बाँकेमा दुर्घनामा परी एक जनाको मृत्यु

कोहलपुर नगरपालिका–२ स्थित रत्नराजमार्गमा पर्ने सालको बुटानजिक भे२त ९३९ नंको ट्र्याक्टरले भे७प ५४४६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–४ निवासी ४० वर्र्षीय रेशम डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

बाँके- बाँकेको कोहलपुरमा शनिबार ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

National life

कोहलपुर नगरपालिका–२ स्थित रत्नराजमार्गमा पर्ने सालको बुटानजिक भे२त ९३९ नंको ट्र्याक्टरले भे७प ५४४६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–४ निवासी ४० वर्र्षीय रेशम डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ३२ वर्र्षीय सुरेन्द्र ओली गम्भीर घाइते भएका छन्।  

उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।  मोटरसाइकललाई उछिनेर अगाडि बढ्ने क्रममा ट्र्याक्टरले ठक्कर दिएको थियो। ट्र्याक्टर र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए।

प्रकाशित: Apr 16, 2022| 23:20 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।