शनिबार, असार ६, २०८३

फोहर व्यवस्थापनमा सबैको सहकार्य आवश्यक

गत फागुन र चैतमा मात्रै काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर ३३ दिन अन्तिम फोहर व्यवस्थापनस्थल सिसडोलसम्म पुर्‍याउन सकिएको छैन। विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन्। यसरी विभिन्न बहानामा फोहरको अन्तिम व्यवस्थापन नहुनाले ठूलो समस्या सिर्जना गरेको भन्दै फोहोर व्यवस्थापनका लागि केन्द्र सरकार, उपत्यकाका १८ स्थानीय तह सिसडोलका स्थानीयसँगको छलफल गरेर दीर्घकालिन समाधान खोजिनुपर्ने कामपाको भनाइ छ।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन जिम्मा काठमाडौं महानगरपालिकाको मात्रै नरहेको र यसका लागि सम्बन्धित सबै निकायको सहकार्य आवश्यक रहेको बताइएको छ। 

National life

गत फागुन र चैतमा मात्रै काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर ३३ दिन अन्तिम फोहर व्यवस्थापनस्थल सिसडोलसम्म पुर्‍याउन सकिएको छैन। विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन्। यसरी विभिन्न बहानामा फोहरको अन्तिम व्यवस्थापन नहुनाले ठूलो समस्या सिर्जना गरेको भन्दै फोहोर व्यवस्थापनका लागि केन्द्र सरकार, उपत्यकाका १८ स्थानीय तह सिसडोलका स्थानीयसँगको छलफल गरेर दीर्घकालिन समाधान खोजिनुपर्ने कामपाको भनाइ छ।  

अहिले नै समस्या समाधान गर्न सकिएन भने आगामी बर्खामा ठूलो समस्या आउने कामपा वातावरण विभागको प्रमुख सरिता राईको भनाइ छ। प्रमुख राईले भनिन्, 'उपत्यकाबाट १८ स्थानीय तहको फोहर सिसडोल जाने गरेको तर फोहर व्यवस्थापन हुन नसक्दा समस्या पैदा भएको छ। त्यसको दोष भने कामपालई आउने गरेको छ, यो सबैको साझा विषय बन्नुपर्छ।'

अहिले बिहान २ बजेदेखि ८ बजेसम्म फोहर बोकेका गाडी ल्याण्डफिल साइट जाने गरेका छन्। पासाङ् ल्हामु राजमार्गअन्तर्गत मुड्खु तीनपिप्ले सडक निर्माण कार्यलाई सहज तुल्याउन यसबाहेकको समयमा फोहर बोकेको गाडी पठाउने गरिएको छैन। यसबीच गत फागुन २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहरी विकासमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्‍यो। 

ल्याण्डफिल साइटमा देखिएका समस्या समाधानका लागि यसअघि गरिएका प्रतिबद्धताको कार्यान्वयन, साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न समिति गठन गरिएको हो। सोही समिति गठन गरे पनि समयसमयमा फोहर रोकिने समस्या भने जहाँको तही छ। 

Shivam cement

उपत्यकाका सबै नगरबाट दैनिक उत्पादन हुने करिब एक हजार २०० मेट्रिकटन फोहर ल्याण्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ। जसमध्ये करिब ५४५ मेट्रिकटन फोहर कामपाको हो। प्रमुख राई भन्छिन्, 'हामीले नियमित काम गर्न पायौँ भने तीन दिनभित्र यसअघि सहरमा थुपारिएको सबै फोहर उठाइसक्छौँ। पूर्ण क्षमतामा काम गर्न नपाएपछि समस्या देखिएको हो। यो समस्याको समाधान हामीबाट मात्र सम्भव छैन। अहिलेको समस्याको मूल कारण सडक हो। नेपाल सरकारले यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गरिदिनुपर्छ।'


प्रकाशित: Apr 16, 2022| 22:00 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।