शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुन्छ : आयुक्त भण्डारी

संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुन्छ : आयुक्त भण्डारी

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुने बताएका छन्।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुने बताएका छन्।

National life

शनिबार हेटौँडामा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भएकाले आगामी वैशाख ३० मा हुने निर्वाचन नसर्ने बताएका हुन्। 

उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन रहेकाले कुनै पनि हालतमा निर्वाचन हुने कुरा प्रष्ट पारे। उनले निर्वाचन आयोगले गत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरिसकेकाले यसको सफल कार्यान्वयन गर्न सबैले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताए। आचारसंहिताले आयोगसहित राजनीतिक दल, तीनै तहका सरकार, पत्रकार, कर्मचारीलगायतका क्षेत्रलाई बाँध्ने भएकाले यसको उल्लङ्घन नगर्न आग्रह गरे।

निर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त रूपमा गरिरहेको जानकारी दिँदै उनले निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृतसहित सम्पूर्ण कर्मचारीलाई अभिमुखीकरण दिएको बताए। 

प्रकाशित: Apr 16, 2022| 19:09 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।