मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जापानको अनुभव नेपालका लागि उपयोगी हुनसक्छ : परराष्ट्रमन्त्री खड्का

जापानको अनुभव नेपालका लागि उपयोगी हुनसक्छ : परराष्ट्रमन्त्री खड्का

नेपाल जाईका अलमनाई एशोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो कुरा बताएका हुन्।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- परराष्ट्रमन्त्री डा.नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन्।

नेपाल जाईका अलमनाई एशोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले जापानमा गएका नेपालीहरुले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढ्नुपर्ने पनि बताए। उनले जापानले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गरेका छन्। भूकम्प गएको बेला होस् वा कोभिडको बेला जापानले नेपालमा ठूलो मानवीय सेवाको क्षेत्रको काम गरेको उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद समेत व्यक्त गरे।

उनले भने, 'जापानले हामीलाई अप्ठ्यारो परेको बेलामा चाहे भूकम्पको बेलामा होस्, चाहे कोभिडको बेलामा होस्। जापानले धेरै ठूलो मानवीय सेवा उपलब्ध गराएको छ। यसका लागि पनि म जापान सरकारलाई नेपाली जनता र नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। उनले जापान गएका नेपालीहरुको जान, सीप र अनुभव उपयोग गर्नुछ। मुलुकको समृद्धिका लागि विकास लागि त्यो अति उपयोगी छ।' 

मन्त्री खड्काले जापानले नेपाललाई विनासर्त सहयोग गर्दै आएको पनि स्मरण गराए। उनले नेपालको विकास साझेदारीमा जापान सरकारको सबैभन्दा ठूलो योगदान रहेको पनि बताए।

प्रकाशित: Apr 16, 2022| 14:25 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।