मंगलबार, साउन २६, २०८३

दुई जना धामीको कुटाइबाट एक महिलाको मृत्यु

कञ्चनपुरमा धामीको कुटाइबाट एक महिलाको ज्यान गएको छ।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

धनगढी- कञ्चनपुरमा धामीको कुटाइबाट एक महिलाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा बेदकोट नगरपालिका-७ मुसेपानीकी ४३ वर्षीया रन्जुला साउद रहेकी छन्। बिरामी भएपछि घरमा धामीझाँक्री बोलाइएको थियो। 

साउदलाई बोक्सी लागेको भन्दै स्थानीय धामी धर्मानन्द भट्ट र नारायण दत्त भट्टले कुटपिट गरेका थिए।

कुटपिटका कारण साउदको मृत्यु भएपछि कन्चनपुर प्रहरीले भट्टद्वयलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ।

साउद एकल महिला हुन्। आर्थिक अभावका कारण उनी अस्पताल जान सकेकी थिइनन्।

प्रकाशित: Apr 16, 2022| 12:43 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।