मंगलबार, साउन २६, २०८३

यौन दुर्व्यवहार आरोपमा दुई शिक्षक पक्राउ

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका दुई शिक्षकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका दुई शिक्षकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरको बागमती गाउँपालिका-८, शान्तिपुरस्थित जनता माविका तीन जना शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो। उनीहरूमध्ये दुई जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो।

गएराति आरोपित शिक्षकद्वय लोकबहादुर विक र रुद्रबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय, हेटौंडा ल्याइएको छ। अर्का हेमबहादुर विक भने २५ चैतमा आफै प्रहरीको सम्पर्कमा आएका थिए।

तीनै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए।

प्रकाशित: Apr 16, 2022| 11:50 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।