शनिबार, असार ६, २०८३

गहनासहित एक जना भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिनबहादुर ठाडाको कमान्डमा गएको टोलीले स्थानीय पचरौता नगरपालिका–६ पकडियामा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- बारास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका विभिन्‍न गहना र मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

National life

सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिनबहादुर ठाडाको कमान्डमा गएको टोलीले  स्थानीय पचरौता नगरपालिका–६ पकडियामा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला झाँझरा पञ्‍चायत ३ बडहर्वाका २८ बर्षीय शैलेस साह रहेको सशस्त्र प्रहरी मधेश प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनीका डीआईजी गणेश ठाडा मगरले बताएका छन्।

भारतीय नागरिक साहको साथबाट एककिलो दुईसय ग्राम चाँदीका विभिन्न प्रकारको तयारी गहना बरामद भएको छ। उनलाई आवश्यक कारबाहीको लागि साहलाई जिल्ला प्रहरी कार्यालय कलैया बाराको जिम्मा लगाइएको डीआईजी मगरले जानकारी दिएका छन्।

प्रकाशित: Apr 16, 2022| 11:24 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।