मंगलबार, साउन २६, २०८३

पर्यटनमन्त्री आलेले गरे हिमाल आरोही लामालाई बिदाइ

मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्‍चनजंघा हिमाल आरोहण गर्न लागेका काभ्रे  रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गरेका छन्।

मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए। मन्त्री आलेले आफ्नो स्वास्थ्यका साथै मौसमको अवस्था ख्याल गरेर आरोहण गर्न सुझाव दिए।

विगत १६ वर्षदेखि हिमाल आरोहण गर्न सुरु गरेकी लामाले विश्‍वका आठ हजार मिटरभन्दा अग्ला १४  हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन्। 

प्रकाशित: Apr 13, 2022| 13:37 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।