मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कंगोमा विद्रोही आक्रमणमा ज्यान गुमाएका सैनिकको शव नेपाल ल्याइयो

कंगोमा विद्रोही आक्रमणमा ज्यान गुमाएका सैनिकको शव नेपाल ल्याइयो

संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली सैनिक जवानको शव स्वदेश ल्याइएको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली सैनिक जवानको शव स्वदेश ल्याइएको छ। सिपाहीको शव नेपाल ल्याइएको छ  ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ जहरेका अनिल गुरुङको शव मंगलबार नेपाल ल्याइएको हो। गुरुङको बलिदानीप्रति सम्मान गर्दै नेपाली सेनाले बुधबार श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पण गरेको छ।

छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित श्रद्धाञ्‍जली तथा अन्तिम सम्मान अपर्ण कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले सैनिक गुरुङको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाएका छन्।

प्रकाशित: Apr 13, 2022| 12:54 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।