सुर्खेत- एक महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्नगर नगरपालिका-५ कालीका बस्ने ३१ वर्षीय सुग्रीब नेपालीलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
वीरेन्द्रनगर नगरपालिका-५ कालिका टोल नजिँकैको जंगलमा सुग्रीब नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये सुग्रीबलाई पक्राउ गरेको हो।
घटनामा संलग्न फरार गुरुङको खोजी भइरहेको प्रहरीले जनाएको छ।