मंगलबार, साउन २६, २०८३

भरूवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

अरुण गाउँपालिका-१ रातमाटेमा भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा ४७ वर्षीय सूर्य बहादुर खत्री रहेका छन्।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

भोजपुर- अरुण गाउँपालिका-१ रातमाटेमा भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा ४७ वर्षीय सूर्य बहादुर खत्री रहेका छन्।

भरुवा बन्दुक पड्किँदा उनको पेटमा छर्रा लागेर मंगलबार राति मृत्यु भएको हो। सोही गाउँपालिका-१ जलकेनिस्थित केदार खत्रीको गोठमा गई भरुवा बन्दुक चलाउँदा बन्दुक पड्किएर आफ्नै पेटमा छर्रा लागेर गम्भीर घाइते भएका उनको स्वास्थ्य चौकी प्याउली हुँदै जिल्ला अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 13, 2022| 12:14 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।