बुधबार, कात्तिक ११, २०८३

भारतमा आगलागीमा परी नेपाली किशोरको मृत्यु

भारतमा आगलागीमा परी एक नेपाली किशोरको ज्यान गएको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं-  भारतमा आगलागीमा परी एक नेपाली किशोरको ज्यान गएको छ। मृत्यु हुनेमा अर्घाखाँची छत्रदेव गाउँपालिका-३ का १४ वर्षीय भीमबहादुर कुमाल रहेका छन्।

भारतको हरियाणा हिसारमा मंगलबार राति भएको आगलागीमा परी अर्घाखाँचीका १४ वर्षीय कुमालको ज्यान गएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार हिसारमा रहेको राम चाट भण्डारमा आगो लागेको थियो। मृतक बालक तीन महिनाअघि मात्रै अर्घाखाँचीबाट बुबालाई भेट्न हरियाणी पुगेका थिए।

भीमबहादुरका गाउँका पाँचजना त्यही काम गर्दै आएकाले बुबा भेट्न गएका उनी पनि त्यही काम गर्न थालेका थिए।

राम चाट भण्डारमै काम गर्ने अरुले भागेर ज्यान जोगाएका पनि उनी सुतेको अवस्थामा रहेकाले आगलागीमा परेर ज्यान गएको बताइएको छ।

प्रकाशित: Apr 13, 2022| 09:10 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...