बुधबार, कात्तिक ११, २०८३

एकपछि अर्को विवाद झेल्दै ‘ए मेरो हजुर–४’

जीबबले गाएको प्रमोसन ¥यापको मेलोडी र म्युजिक बिट एट्लान्टिक रेकर्डले सन् २०१४ मा रिलिज गरेको ‘सेल सकको किल द नोइज’बाट चोरी गरेको पुष्टि भएको छ। यो अहिलेसम्म १७ करोडले सुनिसकेका छन्।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं– यही वैशाख १ गते रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर–४’ मा र्‍यापर जीबबले गाएको गीत ‘भाग भाग न दे अब धेरै धाक’ को ट्विनिङ चोरिएको आरोप लागेको छ। शनिबार बूढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत १ दिनमै १० लाखभन्दा बढीले हेरेका थिए। 

जीबबले गाएको प्रमोसन र्‍यापको मेलोडी र म्युजिक बिट एट्लान्टिक रेकर्डले सन् २०१४ मा रिलिज गरेको ‘सेल सकको किल द नोइज’बाट चोरी गरेको पुष्टि भएको छ। यो अहिलेसम्म १७ करोडले सुनिसकेका छन्।

र्‍यापर जीबबको शब्द तथा प्रस्तुति रहेको छ भने हुक लाइन लिरिक्स एएनटिएभका सुरेन्द्र गुरुङले लेखेका हुन्। गीत मिक्सिङ बाबु प्रधानले गरेका हुन् भने म्युजिक प्रोड्युसर सन्देश ढकाल डिडट र एनटिएफले गरेका हुन्। कोरियोग्राफर भने रामजी लामिछानेले गरेका छन्। यसैगरी गीतको सम्पादन साहिल खान डिओपी सञ्जय लामाको रहेको छ। 

एनटिएफको आयोजनामा र्‍याप ब्याटलबाट चर्चामा आएका हुन् जिबब। उनको चर्चाका कारण पनि फिल्म ए मेरो हजुर ४ को टिमले उनलाई गीत गाउन लगाएको हुनुपर्छ। यसअघि ए मेरो हजुर ४ का दुई सिन हिन्दी र दक्षिण भारतीय फिल्मको ‘कपी’ गरेको भन्ने आरोप पनि खेप्नु परेको थियो।

यसैगरी ए मेरो हजुर ४ बाट दुर्गेश थापाको गीत हटाइएको हल्ला पनि बजारमा चलेको थियो। कारण–  थापा पल शाह प्रकरणमा मुछिएकाले शाहका फ्यानहरुबाट हुन सक्ने विरोधको जोखिम हेरेर दुर्गेशको साटो जीबबलाई गीत गाउन लगाइएको थियो। 

हेर्नुस् दुवै गीत


प्रकाशित: Apr 12, 2022| 13:56 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।