मंगलबार, साउन २६, २०८३

सहिद स्मारक सम्पन्न गर्न उच्चस्तरीय समिति

समितिमा गृह, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय एवं राष्ट्रिय योजना आयोगका सचिव सदस्य र वन तथा वातावरण मन्त्रालायका सचिव सदस्यसचिवका रूपमा रहेका छन्।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं- निर्माण सुरु भएर डेढ दशकदेखि अलपत्र बनेको राष्ट्रिय सहिद तथा निजामती स्मारक सम्पन्न गर्न मुख्यसचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय तथा निर्देशन समिति गठन गरिएको छ।

समितिमा गृह, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय एवं राष्ट्रिय योजना आयोगका सचिव सदस्य र वन तथा वातावरण मन्त्रालायका सचिव सदस्यसचिवका रूपमा रहेका छन्।

मन्त्रिपरिषद्को २०६४ जेठ ११ गतेको निर्णयानुसार गोकर्णमा निर्माण सुरु भएको सहिद एवं निजामती स्मारकको काम ६० प्रतिशतभन्दा बढी सम्पन्न भएर अलपत्र अवस्थामा छ। स्मारक निर्माणका लागि सरकारले ३० करोडभन्दा बढी खर्च गरिसकेको छ।

अलपत्र अवस्थामा रहेको संरचना निर्माणमा सहजीकरण गर्न उच्चस्तरीय समिति गठन गरिएको स्मारक यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए।

राष्ट्रिय सहिद उद्यान निजामती स्मारकको एकीकृत वन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८ को मस्यौदा तयार पारी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश भएको पनि उनले जानकारी दिए।

निर्देशिका मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ। प्रस्तावित निर्देशिकाबमोजिम समिति अध्यक्ष सिग्देलको संयोजकत्वमा उद्यान निर्माण कार्यदल सहजीकरण तथा कार्यान्वयन समिति पनि गठन गरिने जनाइएको छ।

प्रकाशित: Apr 12, 2022| 09:55 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।