मंगलबार, साउन २६, २०८३

आश्रमटोलमा हरियाली उद्यान

घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाबाट आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रु पाँच लाख र टोलवासीको जनश्रमदानबाट उद्यान निर्माण गरी वडावासीले उदाहरणीय काम गरेका हुन्।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

दाङ- बटुवालाई शीतलता दिन र बिरुवा संरक्षण गर्न घोराही–१४ स्वर्गद्वारी आश्रमटोल क्षेत्रमा वातावरणमैत्री हरियाली उद्यान (ग्रिनपार्क) चौतारी निर्माण गरिएको छ। घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाबाट आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रु पाँच लाख र टोलवासीको जनश्रमदानबाट उद्यान निर्माण  गरी वडावासीले उदाहरणीय काम गरेका हुन्।

सानो लगानीमा निर्माण गरिएको उद्यानले यहाँको वातावरण सुन्दर बनाउन र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए। वातावरण स्वच्छ राख्न, शीतलताका लागि सानो लगानीबाट पनि काम गर्न सकिन्छ भन्ने उदाहरण भएको बताए।

पालिकाले बनाइदिएको साझा सम्पत्तिलाई अब स्थानीय टोलवासीले संरक्षण गर्न र यसको दिगो व्यवस्थापन समेत आग्रह समेत गरिएको छ।  धर्मका नाममा रोपिएका बिरुवालाई सडक विकासका नाममा विनाश नगरी संरक्षण गर्न सकेमा वातावरण स्वच्छ हुने उनले विश्वास व्यक्त गरे।

वडा नं १४ का वडाध्यक्ष शक्तिराम डाँगीले आफूले समाजमा उल्लेखनीय काम गरेको बताए। उद्यानले बटुवा र टोलवासीलाई शीतलता दिने छ। जनप्रतिनिधिले जनतासँग मिलेर स्थानीय तहमा ओझेल परेका संरचनाको संरक्षण गर्ने गरेको उनले जानकारी दिए। 

उद्यान निर्माण उपभोक्ता समिति अध्यक्ष लोकेन्द्र रोकाले उद्यान निर्माण भएपछि स्थानीयवासी निकै खुसी भएको र साझा सम्पत्तिलाई संरक्षण गनुपर्ने दायित्व आफूहरूलाई आएको बताए।

स्वर्गद्वारी आश्रम टोल विकास संस्थाका सचिव विष्णु बुढाले टोलटोलमा रहेका ऐतिहासिक धरोहरलाई सबैले संरक्षण गरेर पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न आग्रह समेत गरे। टोलमा हुने भेला, बैठक बस्नलाई चौतारीमा बेन्चको व्यवस्था गरिएको छ।

फूलबारी, शीतल हावाले बाटोमा हिँड्ने जो कोहीलाई पनि आर्कषण गर्ने गर्दछ। पहिले–पहिलेका मानिसले पुण्य कमाउन घरछेउ वा सडकको छेउछाउमा वरपिपलका बिरुवा रोप्दथे। 

 तिनै बिरुवा ठूला भएपछि संरक्षण गरेर चौतारी बनाउँथे। गाउँले चौतारीमा भेला हुने, छलफल गर्ने चलन थियो। पछिल्लो समय सडक विस्तार वा अन्य यस्तै बहाना गरेर सडक छेउमा रहेका वरपिपलका बिरुवा काट्ने गरेको देखिन्छ।  रासस

प्रकाशित: Apr 12, 2022| 08:30 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।