मंगलबार, असोज १३, २०८३

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २३ पैसा र बिक्री दर १२१ रुपैयाँ ८३ पैसा कायम गरेको छ।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २३ पैसा र बिक्री दर १२१ रुपैयाँ ८३ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ १० पैसा र बिक्री दर १५८ रुपैयाँ ८८ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८० पैसा र बिक्री दर १३० रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३२ पैसा र बिक्री दर ९० रुपैयाँ ७६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८५ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६७ पैसा र बिक्री दर ९ रुपैयाँ ७२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०४ पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ३३ पैसा र बिक्री दर ३२ रुपैयाँ ४९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १० पैसा र बिक्री दर ३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८० पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८२ पैसा र बिक्री दर ९ रुपैयाँ ८७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Apr 12, 2022| 06:45 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्