काठमाडौं- सेल्फी एक्स्पर्ट, ओपोले नेपाली बजारमा नयाँ मिड-रेञ्ज स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले सुपर फुल नोच स्क्रिन सहित ६.२ ईञ्च स्क्रिन भएको एथ्रीएस सार्वजनिक गर्न लागेको हो।
कम्पनीको मिड-टायर स्मार्टफोन भएपनि यसमा डुअल क्यामेरा सेटअप, नोच सहितको सुपर फुल स्क्रिन डिस्प्लेका साथै ८८.८ प्रतिशत हाई–रेसियो स्क्रिन लगायत हाई एण्ड फिचर्सपनि समाहित गरिएका छन्। साथै, दैनिक प्रयोगका दौरान ब्याट्रीका कारण कुनै समस्या नआओस् भन्ने सोचका साथ फोनमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ।
कम्पनीले ओपो एथ्रीएस २ जीबी र्याम र १६ जीबी आन्तरिक (आवश्यकता अनुसार एसडी कार्ड मार्फत थप्न सकिने) सञ्चय क्षमताका साथ सार्वजनिक गरिने जानकारी दिएको छ।
फोनमा कलरओएस ५.१ मा आधारित एण्ड्रोइड ८.१ ओरियो उपलब्ध गरिनेछ। नयाँ स्मार्टफोनमा १३ एमपी + २ एमपी डुअल रियर क्यामेरा सेटअप र सेल्फीका लागि ८ एमपी सेन्सरको ब्यवस्था गरिएको छ।
क्वालकम स्न्यापड्रायगन ४५०द्वारा शक्ति प्रदान गरिएको ओपो एथ्रीएसमा एआई ब्यूटी प्रविधि फिचरपनि उपलब्ध गरिएको छ। फोनमा चार्जिङ र डाटा सिंकका लागि यूएसबीका साथै समग्र कनेक्टिभिटी अप्सन्सपनि उपलब्ध हुनेछ।
‘डुअल क्यामेरा सेटअप , सुपर फुल स्क्रिन, शक्तिशाली ब्याट्री क्षमता लगायत अत्याधुनिक फिचर्स सहितको फोन सुलभ मुल्यमा उपलब्ध होस् भन्ने यूवाहरुमा चाहना अनुसार ओपो एथ्रीएस उपलब्ध गराउने तयारी गरिएको हो। यसमा रहेको शक्तिशाली ब्याट्रीले तिनलाई हरेक दिन स्मार्णिय पलहरु विना कुनै रुकावत तस्विरका रुपमा कैद गर्न सघाउने छ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४