काठमाडौं- सनराइज बैंक लिमिटेडले तुल्सीपुर उपमहानगरपालिका वडा नं ५ दाङमा आफ्नो शाखा बिस्तार गरेको छ। उक्त शाखाको उद्घाटन तुल्सीपुर उपमहानगरपालिकाका उपमेयर माया आर्चायले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितीमा गरेकी हुन्।
उक्त शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देथ्य लिएको छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा, २३ वटा शाखारहित बैंकिङ्ग सेवा ४ वटा एक्सटेन्सन काउण्टर, १०५ वटा एटिएम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४