शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पतिको टाउको छिनाल्ने अवस्थामा कसरी पुगिन् चुमाकुमारी?

Siddartha premir insuranceSiddartha premir insurance

पतिको टाउको छिनाल्ने अवस्थामा कसरी पुगिन् चुमाकुमारी?

स्थानीयका अनुसार उनीहरूको बीचमा सधैँ घर झगडा हुने गर्थ्यो। नारायणले रक्सी सेवन गरेर श्रीमतीलाई कुटपिट गर्ने गरेको स्थानीय बताउँछन्।
 |  सोमबार, चैत २८, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

सोमबार, चैत २८, २०७८

काठमाडौं- कैलालीको मोहन्यालमा एक महिलाले आफ्नो श्रीमान‍्को हत्या गरेकी छन्। मोहन्याल गाउँपालिका-१ राक्साकी ३२ वर्षीया चुमाकुमारी थापा बुढामगरले ४३ वर्षीय श्रीमान‍् नारायण बुढा मगरको धारिलो हतियार प्रहार गरी हत्या गरेकी हुन्।

triton college

उनले श्रीमान‍्को हत्या मात्र गरिनन्, टाउको छिनालेर इलाका प्रहरी कार्यालय पण्डौनमा बुझाइन्। आइतबार राति करिब १२ बजेतिर श्रीमान‍्को हत्या गरेर उनी इलाका प्रहरी कार्यालय पण्डौन पुगेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

उनका अनुसार चुमाकुमारीले श्रीमान‍्को हत्या गरेर टाउको बोरामा हालेर प्रहरी चौकी पुगेकी थिइन्। स्थानीयका अनुसार उनीहरूको बीचमा सधैँ घर झगडा हुने गर्थ्यो। नारायणले रक्सी सेवन गरेर श्रीमतीलाई कुटपिट गर्ने गरेको स्थानीय बताउँछन्। 

राक्सा मगर गाउँ हो। नारायणको घर वरपर नै उनका दाजुभाइका ६/७ वटा घर छन्। गाउँमा अन्य १४/१५ परिवारको पनि बसोबास रहेको स्थानीय नरबहादुर घर्ती बताउँछन्। 'उहाँ मेरो नाताले ज्वाइँ पर्नुहुन्थ्यो। बहिनीलाई निकै दु:ख दिनुहुन्थ्यो। रक्सी खाएर कुटपिट गर्नुहुन्थ्यो भन्ने सुनेका थियौं। बाहिर हेर्दा त राम्रै हुनुहुन्थ्यो। समाजमा मिलनसार नै हुनुहुन्थ्यो। तर, घरमा भने झगडा गर्नुहुन्थ्यो,' घर्ती भन्छन्। नारायणले श्रीमतीमाथि शंकासमेत गर्ने गरेको उनले बताए।

अर्का स्थानीय टेक्सन बुढाले पनि करिब दुई वर्षपहिले पनि उनीहरूको बीचमा ठूलो झगडा भएको सुनाए। 'उहाँले रक्सी सेवन गरेर श्रीमतीसँग झगडा गरिराख्नुहुन्थ्यो। करिब दुई वर्षपहिले पनि उहाँहरूको बीचमा झगडा भएको थियो। वडाध्यक्षको पहलमा हामीले गाउँमै मिलापत्र गराएका थियौं,' टेक्सन भन्छन्।

Metro Mart
vianet

मिलापत्र भएको केही दिनमै फेरि उनीहरूबीच झगडा हुन थालिहाल्यो। श्रीमान‍्लाई छोडेर श्रीमती माइत गइन्। श्रीमान‍् पनि घर छोडेर चोसेकाडा भन्ने स्थानमा गएर बस्न थाले। ६ महिनापछि श्रीमान‍् श्रीमतीलाई लिन माइतीमै पुगे। तर, माइतीले छोरीलाई ज्वाइँसँग पठाउन मानेनन्। सधैँ कुटपिट गर्ने र मानसिक तनाव दिने भएकाले माइतीले चुमाकुमारीलाई नपठाएपछि नारायण एक्लै घर फर्किए।

श्रीमतीबिना उनी घरमा थामिन सकेनन्। फेरि ससुराली पुगे। अब श्रीमतीसँग झगडा गर्दिन भन्दै माफी मागे। स्थानीयका अनुसार उनले निकै आग्रह गरेपछि श्रीमतीको मन पग्लियो र उनी श्रीमान‍्सँग घर आउन राजी भइन्। घर आएको केही दिनसम्म त उनीहरूको सम्बन्ध राम्रै चल्यो। तर, लागेको बानी किन जानु। केही दिनमै फेरि नारायण श्रीमतीसँग पुरानै व्यवहार दोहोर्याउन थाले।

स्थानीयका अनुसार उनीहरूको बीचमा सधैँ घर झगडा हुने गर्थ्यो। नारायणले रक्सी सेवन गरेर श्रीमतीलाई कुटपिट गर्ने गरेको स्थानीय बताउँछन्। 

'घरमा ल्याएको केही दिनमै नारायणले श्रीमतीलाई वडाध्यक्षको घरमा लगेर छोडिदिए। उहाँ धनरासतिर जानु भएको थियो। यसले तेरो कुरा मिलाउने, योसँगै बस् भनेर उनले आफ्नो श्रीमतीलाई वडाध्यक्षज्यूको घरमा छोडिदिनु भएको थियो। धनरासबाट आएपछि वडाध्यक्षले राम्रो गर्दा झनै नराम्रो भयो भनेर गाउँलेसँग गुहार माग्नुभयो। हामी सबैले फेरि गाउँमै कुरा मिलाउन खोज्यौं तर कुरा मिलेन,' नेपाल समयसँग कुरा गर्दै स्थानीय टेक्सनले भने।

पछि आफूहरूले चुमाकुमारीका माइती र मावलीलाई बोलाएको उनी बताउँछन्। त्यसपछि केस प्रहरीकोमा पुग्यो। इलाका प्रहरी कार्यालय पण्डौनले नारायणलाई १०/१२ दिन हिरासतमा पनि राख्यो। पछि उनी अब घरझगडा नगर्ने सर्तमा त्यहाँबाट छुटे।

तर, लागेको बानी कहाँ जानु। रक्सी सेवन गरेर उनले श्रीमतीलाई शारीरिक र मानसिक यातना दिन छोडेनन्। सुध्रिनुपर्नेमा उनी झन‍्झन‍् उग्र बन्दै गए। गाउँका विभिन्न व्यक्तिसँग जोडेर श्रीमतीमाथि लान्छनासमेत लगाउन थाले।

गाउँलेका अनुसार चुमाकुमारी एकदमै शान्त र व्यावहारिक महिला हुन्। उनी कसैसँग पनि नमिठो बोल्दैनथिन्। श्रीमान‍्को यातना सहेरै भए पनि तीन छोराहरूको लालनपालन गरिरहेकी थिइन्।

घटना भएको दिन आइतबार दिउँसो पनि उनीहरूले सँगै गहुँ काटेका थिए। दिउँसो झगडा भएको कसैले देखेनन्। वरपर नारायणका दाजुभाइका घर छन्। होहल्ला भएको पनि कसैले सुनेनन्। तर, स्थानीयका अनुसार राति घरभित्र भएको विवादले उग्र रुप लिएको देखिन्छ। चुमाकुमारीले यातना सहन नसकेर हत्या गरेको देखिएको स्थानीय बताउँछन्।

नारायणको घरमुनि साइँलो भाइको घर छ। बिहान उठेर गाईगोरु फुके कि भनेर नारायणकी साइँली बुहारी घर बाहिर निस्किएकी थिइन्। उनी माथि जेठाजूको घरमा पनि गइन्। उनले माथिबाट पिँढीमा रगत चुहिरहेको देखेको स्थानीयले नेपाल समयलाई बताए। 'उहाँले रगत चुहिरहेको देखेपछि माथि जानुभएछ। जेठाजूको टाउको काटिएको अवस्थामा शव देखेपछि श्रीमान‍्लाई खबर गर्नुभयो। त्यसपछि गाउँभर हल्ला भयो। प्रहरीलाई खबर गर्दा उताबाट एक जना महिला टाउको र हतियार बोकेर प्रहरी चौकीमा पुगेको खबर आयो,' एक स्थानीयले भने।

प्रहरी उपरीक्षक अधिकारीले अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा परिचालन भएको बताएका छन्। 'हामीले इन्स्पेक्टर लोकेन्द्र सिंह गुरु नेतृत्वको टोलीलाई खटाएका छौं। सुगरखालबाट पाँच घन्टाको दूरीमा छ। कैलालीको दुर्गम क्षेत्र भएकाले हामीले प्रक्रियागत रुपमा काम गरिरहेका छौं,' उनले भने।

उनले श्रीमान‍्को हत्या गरेर ती महिला राति नै बोरामा टाउको र हँसिया लिएर प्रहरी चौकी पुगेको बताएका छन्। प्रहरी अनुसन्धानबाट उनीहरूका बीचमा सधैँ विवाद हुने गरेको पाइएको अधिकारीले बताए। विवादकै कारण चुमाकुमारीले श्रीमान‍्को हत्या गरेको हुनसक्ने उनले बताएका छन्।

प्रकाशित: Apr 11, 2022| 13:18 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।