झापा- झापाको बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा गए राति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड-२ का २९ वर्षीय सम्यम बजगाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन्।
पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना६ख ६४५५ न. को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा१५प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल बजगाईं गम्भीर घाइते भएका थिए। घाइते उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा भएको थियो
मोटरसाइकल र ट्रक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने ट्रक चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।