आइतबार, असार ७, २०८३

अनुदान र सहयोगले किसानमा उत्साह

उनले बजारका केही परिवारलाई आफ्नो नियमित ग्राहक बनाएका छन्। सिजन अनुसारका तरकारी र प्लाष्टिक घरमा बेसिजनका तरकारीसमेत उत्पादन गरेर शर्माले आफ्ना ग्राहकलाई तरकारी दिन्छन्।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

बागलुङ- बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका ऋषिराम शर्माले तरकारीकै भरमा घर चलाउँछन्। उनको खेतबारीमा फलेको तरकारी अहिले बागलुङ बजारका घर घरमा पुग्छ।

National life

उनले बजारका केही परिवारलाई आफ्नो नियमित ग्राहक बनाएका छन्। सिजन अनुसारका तरकारी र प्लाष्टिक घरमा बेसिजनका तरकारीसमेत उत्पादन गरेर शर्माले आफ्ना ग्राहकलाई तरकारी दिन्छन्।

उनले वर्षेनी तीन खाल मूल्य बढीको तरकारी बजार पठाउँछन्। यो उनको हिउँदे र वर्षे आलुबाहेक तरकारीबाट मात्रै हुने आम्दानी हो। आलुबाट हुने आम्दानी जोड्दा उनले घर खर्च चलाउने, छोराछोरी पढाउने खर्च गरेर बचत गर्छन्। प्रविधिले साथ दिएकाले ऋषिरामलाई तरकारी फलाउन र बिक्री गर्न सहज छ।

ऋषिरामको प्लाटिक घरमा अहिले पनि अकवरे खुसानी र गोलभेँडा फलेका छन्। खेतमा लगाइएको बर्खे आलुले खेतैभरी हरियो बनाएको छ। पाँच मुरी आलुको बीउ लगाएका शर्माले ४० मुरी आलु फलाउने लक्ष राखेका छन्।

'हिउँदे आलुको मूल्य परेन, बर्खामा त ५० रुपैयाँ किलो कसो नपर्ला र' शर्माले भने, 'अहिले तरकारी खेती गर्दा पनि राम्रै हुन्छ भन्ने मलाई पनि लागेको छ, गाउँले पनि त्यसै भन्छन्।' शर्मा गाउँका अगुवा किसान पनि हुन्। उनले गरेको तरकारी खेती गरेको देखेर देखासिकी गर्नेहरु गाउँमा बढेका छन्।

Shivam cement

यसैबीच पाँच वर्षयता वडा कार्यालयले किसानलाई प्रोत्साहन गर्न थालेपछि गाउँमा १५० घरमा प्लाटिक घर छन्। पहिले बजारको तरकारी किनेर खाने गाउँलेहरु अहिले तरकारी बिक्री गर्ने गरेको वडाध्यक्ष विद्यापति शर्माले बताए। वडाले उत्पादनअनुसार टोललाई पकेट क्षेत्र बनाएको छ।

आलुको उत्पादन धेरै हुने भीमापोखरामा तरकारी र फलफूलका पकेट क्षेत्र बनाइएका छन्। 'हामिले किसानको आवश्यकताअनुसार तालिम, प्रशिक्षणलगायत प्राविधिक विषयमा सहयोग गर्छौँ', शर्माले भने, 'आधुनिकीकरणमा किसान उत्साहित भएर सहभागी हुने गरेका छन्।'

सिँचाइको प्रबन्ध राम्रो भएकाले पनि किसान उत्पादनमा जोडिएको उनले बताए। भीमा पोखरामा उत्पादन भएको तरकारी बागलुङ बजारमा बिक्री हुने गरेको छ। रासस

प्रकाशित: Apr 11, 2022| 10:20 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।