बाँके- कारले ठक्कर दिँदा नेपालगञ्जमा गए राति तीन जनाको मृत्यु भएको छ। बिपी चोक नजिकै सडकमा हिडिरहेका व्यक्तिलाई कारको ठक्कर दिएको थियो।
कारको ठक्करबाट एक महिला र दुई बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रदेश ३-०१-२३ च ८४८१ नम्करको कारको ठक्करबाट करिब ६० वर्षीया एक महिला र ५ वर्षका दुई बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेहरूको पहिचान खुल्न सकेको छैन। पैदल यात्रीलाई ठक्कर दिएपछि चालकले कारमा राखेर उपचारका लागि लगेका थिए। कार चालक प्रहरी नियन्त्रणमा छन्।