आइतबार, असार ७, २०८३

सुत्केरी बोकेको जिप दुर्घटना, सात जना घाइते

सल्यानमा सोमबार बिहान जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

सल्यान- सल्यानमा सोमबार बिहान जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। नेपालगन्जबाट सुत्केरी बोकेर बाग्चौर नगरपालिकाको थारमारे जाँदै गरेको सु.प.प्र ०१–००१ च ३२५८ नम्बरको जिप छत्रेस्वरी गाउँपालिका ६ चैबाँज्युला नजिकै दुर्घटनामा परेको हो।

National life

दुर्घटनामा परी एकै परिवारका ६ जना र चालकसहित सात जना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको छ। 

घाइते हुनेमा बाग्चौर १० निवासी ४५ वर्षीय लिलमान बस्नेत, २९ वर्षीया सरिता बस्नेत, २५ वर्षीया सिर्जना बस्नेत, ५ वर्षीया प्रकृति बस्नेत र ७ दिने शिशु लगायत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सात दिने शिशुको भने श्रीनगरस्थित परोपकार अस्पतालमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 11, 2022| 08:34 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।