बिहीबार, जेठ १८, २०८०

टेलिकमले ल्यायो ‘नमस्ते रिचार्ज’ कार्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

Everest Bank
National life insurance
Metro Mart
काठमाडौं- नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्न नमस्ते रिचार्ज ब्रान्डको कार्ड उपलब्ध गराउने भएको छ।
 
टेलिकमका सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने कम्पनीका प्रवक्ता प्रतिभा वैद्यले जनाइन्। कम्पनीले उपलब्ध गराउँदै आएको ‘एनटी रिचार्ज’ कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने बताइएको छ।

कम्पनीले पचास, सय, दुई सय, पाँच सय र हजार रुपैयाँ  दरका नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउने छ। टेलिकमको अनुसार रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज कार्डको पछिल्लो भागमा भएको १६ अंकको पिन कोड प्रयोग गर्न सकिनेछ। 

टेलिकमको ल्यान्डलाइन वा मोबाइलबाट १४१५ वा १४१२ डायल गरी प्राप्त निर्देशन अनुसार १६ अंकको पिन कोड थिचेर कम्पनीका विभिन्न सेवाहरुमा रिचार्ज गर्न सकिनेछ। जीएसएम मोबाइलका ग्राहकहरुले स्टार ४१२ स्टार पीन कोड ह्याज डायल गरेर रिचार्ज गर्न सक्नेछन्।
 
नेपाल टेलिकमले हाल रिचार्ज कार्ड बाहेक ‘इलेक्ट्रोनिक रिचार्ज’ र ‘एमपोस’ प्रयोग गरेर समेत रिचार्ज गर्न सकिने व्यवस्था गरेको प्रवक्ता वैद्यको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्