काठमाडौं- साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार पुनित राजकुमारको अभिनय निकै बलियो हुने गर्थ्यो। तर, सन् २०२१ को अक्टोबरमा अचानक उनको मृत्यु भयो। उनको मृत्युको खबरले साउथ इन्डस्ट्री नै स्तब्ध भएको छ।
उनको जन्मदिन (मार्च १७) को अवसरमा रिलिज भएको अन्तिम फिल्म 'जेम्स' भने बक्स अफिसमा ब्लकबस्टर भयो। योसँगै अब 'जेम्स' छिट्टै ओटीटी प्लेटफर्ममा आउन लागेको छ। यो खबरले फ्यानहरू निकै खुसी भएका छन्।
सोनी लाइभ इन्डियाले इन्स्टाग्राममा पोस्ट सेयर गरेर यो जानकारी दिएको हो। यसमा लेखिएको छ कि 'जोश छ भने जेम्स जस्तै बन'।
यस फिल्ममा पुनीत राजकुमारले कमाण्डोको भूमिका निर्वाह गरेका छन्। यो फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायालम भाषामा ठूलो पर्दामा रिलिज भएको थियो। साथै, यी भाषाहरूमा फिल्म अप्रिल १४ बाट सोनी लिभमा स्ट्रिम हुनेछ।
यस फिल्ममा पुनीत राजकुमारका साथै अनु प्रभाकर, श्रीकान्त, आर सरथकुमार, तिलक शेखर र मुकेश ऋषि मुख्य भूमिकामा देखिनेछन्।
पुनित राजकुमारको २९ अक्टोबर २०२१ मा हृदयघातका कारण मृत्यु भएको थियो। त्यतिबेला उनि ४६ वर्षका थिए। उनको निधनले परिवार, फ्यान र चलचित्र क्षेत्र गहिरो शोकमा परेका थिए। उनका श्रीमती अश्विनी पुनीत कुमार र दुई छोरी छन्।