आइतबार, असार ७, २०८३

जंगली च्याउ खाँदा एकको मृत्यु

जंगली च्याउ खाएर बिरामी भएकी तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेकी एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया सुनिमाया थापा रहेकी छन्।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

तनहुँ- जंगली च्याउ खाएर बिरामी भएकी तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेकी एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया सुनिमाया थापा रहेकी छन्।

National life

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गत चैत १८ गते जंगलमा च्याउ खोज्न गई घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको आइतबार नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। 

च्याउ खाएर बिरामी उनलाई दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको थियो।  उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

च्याउ खाँदा अन्य दश जना बिरामी भएका थिए। बिरामीहरूमध्ये केही अझै अस्पतालमै रहेको र केहीभने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Apr 11, 2022| 06:42 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।