आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘सवारीसाधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्छ’

‘सवारीसाधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्छ’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छेटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री यादवले सवारीसाधनमा क्षमताअनुसार यात्रु राख्‍ने र मर्मतमा ध्यान दिनुपर्ने बताए। कतिपय सवारी दुर्घटनाका कारण सवारीसाधनको खराब अवस्था पाइएको उनले बताए।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सार्वजनिक सवारीसाधन व्यवस्थित बनाउन यातायात व्यवसायीले ध्यान दिनुपर्ने बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छेटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री यादवले सवारीसाधनमा क्षमताअनुसार यात्रु राख्‍ने र मर्मतमा ध्यान दिनुपर्ने बताए। कतिपय सवारी दुर्घटनाका कारण सवारीसाधनको खराब अवस्था पाइएको उनले बताए।

National life

सडक वा चालकको कारणले नभएर सवारीसाधनको अवस्थाले दुर्घटना भएको हुँदा त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने उनले बताए। उनले भने, 'बसमा चढ्दा तँछाडमछाड गर्नुपर्ने अवस्थामा परिवर्तन गर्न खाँचो छ।'

बीस वर्ष अवधि पुगेका सवारीसाधन हटाइने व्यवस्थामा परिवर्तन गरिने मन्त्री यादवले बताए। कोभिडका कारणले लामो समयसम्म सवारीसाधन थन्किएका कारणले त्यसलाई बढाउन आवश्यक रहेको उनको भनाइ थियो। कतिपय सवारीसाधनमा प्रदूषण जाँच भएर हरियो स्टिकर टाँसिए पनि सडकमा प्रदूषण फैलाएकाले त्यसमा ध्यान दिइनुपर्ने उनले बताए। विगतमा भाडा समायोजनका लागि व्यवसायीले आन्दोलन गर्नुपर्ने भए पनि अहिले पेट्रोलियम पदार्थ बढेपछि बढाइएको उनले बताए। 

सडक र रेल निर्माणमा धेरै उपलब्धि हासिल भइरहेको मन्त्री यादवले बताए। एक लाख किलोमिटरभन्दा बढी सडक बनिसकेको र हुम्ला सदरमुकाम बाहेक ७६ जिल्लाको सदरमुकाममा सडक सञ्जाल पुगेको उनले जानकारी दिए। केही वर्षदेखि थन्किएको रेल अहिले सञ्चालन भएको र भविष्यमा यसको विस्तार हुने उनले बताए। उनले भने, 'अहिले जयनगरबाट कुर्थासम्म रेल सञ्चालनमा रहेकामा छिट्टै बिजुलपुरासम्म विस्तार हुनेछ।'

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले नेपालमा अरू किसिमका यातायातको विकास गर्न लामो समय लाग्ने देखिएकाले सडक सञ्जाल व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। संविधानसभा सदस्य लीलादेवी श्रेष्ठले बजारमा सबै कुराको भाउ बढ्दा पनि सवारीसाधनको भाडा बढ्न नसक्ने गरेको बताए। आजदेखि सुरु भएको  महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ। सोमबारदेखि गोदावरीस्थित सम्मेलन केन्द्रमा बन्द सत्र सुरु हुने बताइएको छ। 

Shivam cement

प्रकाशित: Apr 10, 2022| 21:50 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।