आइतबार, असार ७, २०८३

सरकारले लगानीको सुरक्षा गर्छ : गृहमन्त्री खाण

नेपालका यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौँ राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन गर्दै उनले कुनै पनि व्यवसायलाई प्रोत्साहन, सम्बर्द्धन र सुरक्षा गर्ने दायित्व सरकारको भएको बताए।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले सरकारले लगानीको सुरक्षा गर्ने बताएका छन्। नेपालका यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौँ राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन गर्दै उनले कुनै पनि व्यवसायलाई प्रोत्साहन, सम्बर्द्धन र सुरक्षा गर्ने दायित्व सरकारको भएको बताए। 'नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्छ,' उनले भने। 

National life

गृहमन्त्री खाणले सडक दुर्घटनाका कारण बर्सेनि हजारौँ नागरिकले अकालमा ज्यान गुमाएको भन्दै सडक दुर्घटना न्यूनीकरणमा यातायात क्षेत्र गम्भीर हुनुपर्ने बताए। सुरक्षित यात्राको व्यवस्था कसरी गर्न सकिन्छ त्यसतर्फ यातायात क्षेत्र लाग्नुपर्ने उनको भनाइ थियो।

मन्त्री खाणले यात्रुलाई सुरक्षितरूपमा गन्तव्यस्थलसम्म पुर्‍याउने जिम्मा यातायात क्षेत्रको भएको बताउँदै यातायात क्षेत्रलाई परेको समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गरे। उनले राम्रो कन्डिसन भएका सवारी साधनलाई मर्मत गरेर सञ्चालन गर्नसके देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे। 

यातायात क्षेत्रको सुधारका लागि आवश्यक पर्ने ऐन, नियम, कानुन संसद् चल्न नसकेकाले परिवर्तन गर्न नसकेको उल्लेख गर्दै उनले आगामी दिनमा समयानुकूल परिवर्तन गर्दै लैजाने बताए। गण्डकी प्रदेशका यातायातमन्त्री कुमार खड्काले मुलुकको विकासको मुख्य आधार सडक सञ्‍जाल र यातायात भएको भन्दै यसलाई राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए। यातायात क्षेत्रको समस्या राज्यले बुझ्नुपर्ने उनको भनाइ थियो।

बागमती प्रदेशका यातायातमन्त्री घनश्याम दाहालले यातायात क्षेत्रको समस्या समाधानका लागि व्यवसाय र सरकार बसेर समाधान गर्नुपर्ने बताए। उनले बागमती प्रदेशको यातायात कार्यालयलाई प्रविधिमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै चार महिनाभित्र सवारी लाइसेन्स प्राप्त गर्ने गरी मन्त्रालयले कामलाई अगाडि बढाएको बताए। उनले उपत्यकामा सञ्चालित ट्याक्सी मिटरमा हिँड्न नमाने कारबाही गर्ने बताए। 

Shivam cement

प्रदेश नं १ का यातायात तथा सञ्‍चारमन्त्री  उपेन्द्रप्रसाद घिमिरेले सबै मिलेर यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्ने बताए। यातायात क्षेत्रमा पार्किङको समस्या यथावत रहेको उनको भनाइ थियो।

लुम्बिनी प्रदेशकी यातायातमन्त्री डेगा मगरले यातायात क्षेत्रको ऐन, नियम कानून बनाउँदा व्यवसायी र प्रदेश सरकारबीच सहकार्य हुनुपर्ने बताए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले अर्बौं रुपैयाँ लगानी रहेको नेपालको यातायात क्षेत्रलाई राज्यले उपेक्षा गरेको बताए। 

प्रकाशित: Apr 10, 2022| 21:05 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।