बिहीबार, असार ६, २०८१

गठबन्धनबारे कांग्रेसभित्र किन चलमलाएको छ 'हतासा समूह'?

अहिलेको मिश्रित निर्वाचन प्रणालीमा यति मतले सुविधाजनक बहुमत हासिल गर्न सकिँदैन। यो यथार्थ बुझेका कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेल गर्न तम्तयार बनेका हुन्। गठबन्धन गर्दैमा सबै मतदाता त्यसमै एकीकृत हुन्छन् भन्ने 'ग्यारेन्टी' हुँदैन। तर त्योभन्दा ठुलो चुनौती आन्तरिक षड्यन्त्र र कुण्ठाले थप्छ।
 |  सोमबार, चैत २८, २०७८

भानु बोखिम

भानु बोखिम

सोमबार, चैत २८, २०७८

नेपालको राजनीतिमा नेपाली कांग्रेसको लोकतान्त्रिक छवि पुरानो र दरिलो छ। दुर्भाग्य, लोकतान्त्रिक छविजत्तिकै पुरानो आन्तरिक दाउपेचले नेपाली कांग्रेस कमजोर पनि छ। २००७ सालदेखि नै नेपाली कांग्रेस यो समस्याबाट ग्रसित छ। असुरक्षा र क्रोधका कारण नेता विशेषमा सिर्जित हताशाले इतिहासमा समग्र कांग्रेसलाई धब्बा लगाएको छ।

triton college

नेपाली कांग्रेसको संस्थापन पक्षले कम्युनिस्ट दलसँग चुनावी तालमेल गरेर अबको चुनवामा पहिलो दल हुने लक्ष्य राखेको छ। तर गठबन्धन गर्ने कांग्रेसको निर्णयलाई कांग्रेसकै शेखर कोइरालाले अरुचि प्रकट गर्दै आएका छन्। नेपाली कांग्रेसका संस्थापक नेताहरू कम्युनिस्टसँग हातमोलो रुचाउँदैनथे। शेखरको अभिव्यक्ति पनि कताकता कम्युनिस्टप्रतिको अरुचिसँग जोडिएको छ। तर यो अरुचिको भाषा कम्युनिस्टभन्दा शेरबहादुर देउवाप्रतिको अरुचि हो भनेर बुझ्न गाह्रो छैन। 

कांग्रेसका संस्थापक नेताहरूको नजरमा कम्युनिस्टहरू अलोकतान्त्रिक थिए। २०१५ सालको निर्वाचनमा चार सांसद निर्वाचित भएको बाहेक कम्युनिस्टहरू लोकतान्त्रिक गतिविधिमा परीक्षण हुन बाँकी नै थियो। त्यो समय १०९ मध्ये ७४ स्थानमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको थियो। तर आजको दिनसम्म आउँदा समय धेरै फेरिएको छ। 

नेपालमा संसदीय व्यवस्थाको पृष्ठपोषण गर्ने पुरानो दल भनेकै नेपाली कांग्रेस हो। कांग्रेसले पैरवी गर्ने संसदीय व्यवस्थामार्फत् नै ६ जना कम्युनिस्ट नेता प्रधानमन्त्री भइसकेका छन्। अब कांग्रेस र कम्युनिस्टबीच पानी बारबारको सम्बन्ध पनि छैन। यो परिवेशमा नेपाली कांग्रेसले पटकपटक सरकार निर्माणको लागि कम्युनिस्ट दलसँग सहकार्य गरिसकेको छ। कम्युनिस्ट दलसँगको सहकार्य कांग्रेसको लागि रहर कम, बाध्यता बढी हुँदै गएको छ। २०१५ सालको निर्वाचनमा दुईतिहाई ल्याउने कांग्रेसको लोकप्रिय मत घटेको छ। अहिले लगभग कुल मतदाताको एक तिहाई मत मात्र नेपाली कांग्रेससँग होला। अहिलेको मिश्रित निर्वाचन प्रणालीमा यति मतले सुविधाजनक बहुमत हासिल गर्न सकिँदैन। यो यथार्थ बुझेका कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेल गर्न तम्तयार बनेका हुन्। गठबन्धन गर्दैमा सबै मतदाता त्यसमै एकीकृत हुन्छन् भन्ने 'ग्यारेन्टी' हुँदैन। तर त्योभन्दा ठुलो चुनौती आन्तरिक षड्यन्त्र र कुण्ठाले थप्छ। 

गठबन्धन हुनु भनेको देउवा थप शक्तिशाली हुनु हो, जुन कुरा शेखरको लागि प्रिय छैन। 'कहीँ पे निगाहे, कहीँ पे निशाना' भन्ने शेखरको यो रणनीतिले कांग्रेसलाई बलियो भने बनाउँदैन। 

शेखर कोइरालाको अरुचिले गठबन्धनले सोचेजस्तो परिणाम नल्याउन सक्छ। शेखर कोइराला एक व्यक्ति मात्र होइनन्। संस्थापनसँग असन्तुष्ट कांग्रेसको प्रतिनिधि पनि हुन्। कांग्रेसमा शेरबहादुर देउवासँग असन्तुष्ट पक्ष ठूलै छ, जो देउवालाई शक्तिशाली भएको रुचाउँदैन। त्यो अर्थमा शेखरको गठबन्धनप्रतिको अरुचि कम्युनिस्टप्रतिको अरुचि होइन। नेकपा माओवादी केन्द्र तथा पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको अरुचि पनि होइन। यो सिद्धान्त र दर्शनको आधारका कारण निम्तिएको विमति होइन। शेरबहादुर देउवाको कार्यशैलीसँगको जोडिएको गुनासो पनि होइन। किनभने कुनै पनि कांग्रेस सभापतिले कांग्रेसलाई पूर्ण रुपमा बदल्न नसक्ने संरचना र संस्कार कांग्रेसभित्र छ। तसर्थ शेखरको अरुचि देउवाको स्वेच्छाचारिताभन्दा बढी देउवाको शक्तिसँग हो। गठबन्धन हुनु भनेको देउवा थप शक्तिशाली हुनु हो, जुन कुरा शेखरको लागि प्रिय छैन। 'कहीँ पे निगाहे, कहीँ पे निशाना' भन्ने शेखरको यो रणनीतिले कांग्रेसलाई बलियो भने बनाउँदैन। 

Metro Mart

कांग्रेसभित्र विधि स्थापित गर्ने वा विधिसम्मत परिणाम स्वीकार्ने कुरामा समस्या देखिँदै आएको छ। विधि वा विधिको परिणामभन्दा व्यक्ति शक्तिशाली हुने प्रयासले कांग्रेस थलिँदै गएको हो। यसको अभ्यास धेरै हदसम्म बीपी कोइरालाकै पालामा सुरु भएको देखिन्छ। समाजवादी तथा लोकतान्त्रिक आन्दोलनका लागि बीपी कोइरालाको योगदान अतुलनीय छ। बीपीको सिद्धान्तको अमूर्त रटान नेपाली कांग्रेसका हरकार्यकर्ताको ओठमा झुन्डिएको छ। बीपीको सपना र सिद्धान्त भन्न कुनै कांग्रेसीले बिर्संदैनन्। बीपी र उनका पुस्तक पढ्दैनन्। उनीहरूमध्ये थोरैलाई मात्र बीपीको सपना के थियो भन्ने र कुन परिवेशमा के भनेका थिए भन्ने कुरा थाहा छ। बीपीमा भएको महात्त्वाकांक्षा र अहम् भने उनीहरूले जानीनजानी आत्मसात गरिसकेका छन्।  

२००७ सालमा प्रजातन्त्र (लोकतन्त्र) आएपछि गठित संयुक्त सरकारमा बीपी कोइराला गृहमन्त्री भएका थिए। त्यो बेलाको व्यवस्थाअनुसार सरकार ढल्न प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्दैनथ्यो। सरकारमा सहभागी मन्त्रीको राजीनामाले पनि सरकार ढल्न सक्थ्यो। त्यही कारण गृहमन्त्री बीपी आफैँले राजीनामा दिएर मोहन शमशेर नेतृत्वको सरकार ढालिदिएका थिए।

बीपीले राजीनामा दिनुको कारण मोहन शमशेरले परिवर्तन अनुरुप काम नगरेको भन्ने थियो। तर सरकारले ढलेपछि 'आफैँ प्रधानमन्त्री बन्न सक्छु' भन्ने बीपीको आत्मविश्वास र भ्रमले पनि राजीनामालाई उत्प्रेरित गरेको थियो भन्ने एकथरि विश्लेषण छ। मोहन शमशेरको सरकार ढलेपछि त्यो बेलाका कांग्रेस सभापति मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए। मातृका प्रधानमन्त्री भएको कुरा बीपीलाई रुचिकर भएन। बीपीले 'एक व्यक्ति, एक पद वा जिम्मेवारी'को कुरा जोडतोडले उठाए। मातृकाले प्रधानमन्त्री र पार्टी सभापतिमध्ये एक छोड्नुपर्ने भयो। मातृका र बीपीका आमा फरक भएपनि बाबु एकै थिए। मातृका बीपीका दाजु हुन्। आन्दोलनमा दाजुभाइ एक भएर लडेका थिए। तर सत्ता कांग्रेसको हातमा आएपछि दाजुभाइबीच दूरी बढ्दै गयो। दाजुभाइको झगडामा मातृकाप्रसाद कांग्रेसभित्र एक खलपात्रको रुपमा दरिन पुगे। २०१५ सालको चुनावमा सुर्वण शमशेर तीन वटा क्षेत्रबाट चुनाव लडेका थिए, तर मातृकालाई एक ठाउँबाट पनि उठाइएन। 

शेखरको अरुचि देउवाको स्वेच्छाचारिताभन्दा बढी देउवाको शक्तिसँग हो। गठबन्धन हुनु भनेको देउवा थप शक्तिशाली हुनु हो, जुन कुरा शेखरको लागि प्रिय छैन। 'कहीँ पे निगाहे, कहीँ पे निशाना' भन्ने शेखरको यो रणनीतिले कांग्रेसलाई बलियो भने बनाउँदैन। 

सत्ता नजिक देखिएपछि वा खुला राजनीतिमा कांग्रेसको एक नेताले अर्कोमाथि षड्यन्त्र गर्नु सामान्य भइसकेको छ। पञ्चायतपछिको पहिलो लोकतान्त्रिक निर्वाचनमा अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले निर्वाचन हारे। भट्टराईले एमालेका तात्कालीन महासचिव मदन भण्डारीसँग चुनाव हारेका थिए। तर चुनाव हार्नुमा भने भण्डारीको लोकप्रियताभन्दा बढी कांग्रेसकै षड्यन्त्रले बढी काम गरेको थियो। यो विषयमा गिरिजाप्रसाद कोइरालाको हात रहेको प्रसंग धेरै पटक बाहिर आइसकेको छ। यसमा सफल भएपछि कोइराला देशको प्रधानमन्त्री भएका थिए। आन्तरिक दाउपेचकै कारण गिरिजाले पनि पूरै कार्यकाल सरकार चलाउन सकेनन्।  

कांग्रेसीजनले हताशाको राजनीति गर्दा कांग्रेस कमजोर बन्दै गएको हो। कांग्रेसले आफ्नो सिद्धान्त अनुरुप काम गर्न सकेको छैन। कांग्रेसभित्र व्यक्ति शक्तिशाली हुन षड्यन्त्रका सिद्धान्त प्रतिपादन भइरहन्छन्। पार्टी सभापति र प्रधानमन्त्री रहेका देउवा कांग्रेसमा अहिले शक्तिशाली छन्। कांग्रेसको १३औँ महाधिवेशनबाट देउवाको भूमिकामा रामचन्द्र पौडेल आउन खोजेका थिए। रामचन्द्र पौडेल पराजित भएपछि शेखर कोइरालाले सभापति हुने सपना देखे। उनले देउवाको कार्यशैलीको विरोध मात्र गरेनन्। कार्यकर्ता भेटघाटको लागि देश दौडाहा राम्रैसँग गरे। चौधौ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेपनि विजयी हुन सकेनन्। 

तेस्रो विश्वका नेताहरू उदार हुन सक्दैनन्। एकातिर विजयी नेताहरू असहिष्णु देखिन पुग्छन्, अर्कोतिर हारेकाहरू प्रतिवाद गरिहन्छन्। यो मनोविज्ञान देउवा र कोइरालामा पनि छ। यस्तोमा कसैले प्रतिद्वन्द्वी थप शक्तिशाली बनोस् भन्न चाहँदैन। गठबन्धन गरेर कांग्रेसले बहुमत ल्याए देउवा नै प्रधानमन्त्री हुन्छन्। यो शेखर कोइरालाको लागि रुचिकर विषय होइन। 

कांग्रेसभित्र विधि स्थापित गर्ने वा विधिसम्मत परिणाम स्वीकार्ने कुरामा समस्या देखिँदै आएको छ। विधि वा विधिको परिणामभन्दा व्यक्ति शक्तिशाली हुने प्रयासले कांग्रेस थलिँदै गएको हो। यसको अभ्यास धेरै हदसम्म बीपी कोइरालाकै पालामा सुरु भएको देखिन्छ।

नेपालको राजनीतिमा प्रतिस्पर्धा मात्र हुँदैन। प्रतिशोधको खेल पनि राम्रैसँग चल्छ। प्रतिस्पर्धामा पराजित भएकोलाई असुरक्षा र त्रास बढी हुन्छ। असुरक्षा र त्रासको कारण मानिसमा हताशा जन्मिन्छ। हताशाले कुन्ठा र कुतर्कको प्रदर्शन गर्छ। अहिले शेखर कोइराला माओवादीलाई कसरी भोट माग्ने भनेर प्रश्न गरिरहेका छन्। यस्तो कमजोर तर्क कुन्ठितले मात्र गर्न सक्छ। किनभने गठबन्धन भएपछि कांग्रेसले माओवादीको लागि मात्र भोट माग्दैन। माओवादीले कांग्रेसको लागि पनि मत माग्छ। मत माग्ने आधार के हो, त्यसको लागि साझा कार्यक्रम र उद्देश्य तयार गर्न चाँहि जरुरी हुन्छ। 

हिजो बीपी शक्तिशाली हुन खोज्दाखोज्दै मातृका प्रधानमन्त्री बन्न पुगे। आज, शेखरले प्रतिरोध गर्दागर्दै देउवा थप शक्तिशाली हुँदै गएका छन्। देउवालाई थप शक्तिशाली हुन नदिने बाटो हो, गठबन्धनको विरोध। गठबन्धन नभए शेखरको मनोकांक्षा त पूरा होला तर कांग्रेसले थप शक्तिशाली हुने अवसर चाँहि गुमाउँछ।

प्रकाशित: Apr 11, 2022| 06:20 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...