शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

धनगढी उपमहानगरको मेयरमा कसको पल्ला भारी?

०७४ को मतपरिणाम हेर्दा धनगढीमा कांग्रेस बलियो भएको भन्‍न सकिन्छ भने अहिलेको मुख्य प्रतिस्पर्धी दल नेकपा एमाले फुटेर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको अवस्थामा एमाले थप कमजोर भएको आँकलन गरिएको छ।
 |  आइतबार, चैत २७, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

आइतबार, चैत २७, २०७८

काठमाडौं- स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै दलहरुले उम्मेदवारको टुंगो लगाउने कसरत गरिरहेका छन् भने आकांक्षीहरुले आ-आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। केन्द्र र विभिन्‍न प्रदेशका सरकारहरुमा भएको गठबन्धनलाई स्थानीय तहमा निरन्तरता दिने दलहरुको निर्णयसँगै उम्मेदवार टुंग्याउन सकसपूर्ण स्थिति सिर्जना भएको छ। 

triton college

सुदूरपश्‍चिमको कैलालीमा रहेको धनगढी उपमहानगरपालिकामा गठबन्धनबाट कसले मेयर र उपमेयरको टिकट पाउने भन्‍ने रस्साकस्सी चलिरहेको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले नै मेयर र उपमेयरमा जित हात पारेको थियो।

गठबन्धनमा रहेका दलहरुको नेतृत्व गरिरहेको कांग्रेसले यसअघि पनि जित हात पारेकोले यसपटक पनि आफूले नै टिकट पाउने पर्ने नेताहरुले दाबी गरिरहेका छन्। तर, अहिले गठबन्धनले जित्‍ने सम्भावना भएका कारण नेकपा माओवादी केन्द्रले पनि मेयर अथवा उपमेयरमध्ये एउटा आफ्नो हुनुपर्ने बताइरहेको छ।  

देशभरका विभिन्‍न स्थानीय तहमा जस्तै धनगढीमा पनि कांग्रेस, माओवादी र एकीकृत समाजवादी चुनावी गठबन्धनमा छन्। एमाले एक्लै छ भने यसअघि मेयरका प्रत्याशी गोपाल हमालले यसपटक स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन्। उनले २०७४ सालको चुनावमा पनि स्वतन्त्र नै उम्मेदवारी दिएका थिए। उनी नेपाली कांग्रेसका उम्मेदवार नृप ओडसँग दुई हजार सात सय मतान्तरले पराजित भएका थिए। ओडले १४ हजार ३ सय २४ मत ल्याउँदा हमालले ११ हजार ५ सय २७ मत प्राप्त गरेका थिए।

अघिल्लो पटकको निर्वाचनमा धनगढीमा माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले १० हजार २ सय मत प्राप्त गरेका थिए। र, एमालेका उम्मेदवार दुर्गा जोशीले ९ हजार ९ सय ४६ मत पाएका थिए।

Metro Mart
vianet
०७४ को मतपरिणाम हेर्दा धनगढीमा कांग्रेस बलियो भएको भन्‍न सकिन्छ भने अहिलेको मुख्य प्रतिस्पर्धी दल नेकपा एमाले फुटेर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको अवस्थामा एमाले थप कमजोर भएको आकलन गरिएको छ।

यस्तै उपमेयरमा कांग्रेसकै सुशीला मिश्र १७ हजार ४ सय ८ मतका साथ विजयी भएकी थिइन्। नेकपा एमालेकी रुक्कमणी देवकोटाले १२ हजार ७ सय ७३ मत प्राप्त गरेकी थिइन्। माओवादीकी उम्मेदवार शान्ती अधिकारी क्षेत्रीले १० हजार २ सय ५२ मत प्राप्त गरेकी थिइन्। अघिल्लो निर्वाचनमा धनगढीका १२ वडामा कांग्रेसले जितेको थियो। पाँच वटा वडामा माओवादी र दुई वटा वडामा एमालेले जित हासिल गरेको थियो।

०७४ को मतपरिणाम हेर्दा धनगढीमा कांग्रेस बलियो भएको भन्‍न सकिन्छ भने अहिलेको मुख्य प्रतिस्पर्धी दल नेकपा एमाले फुटेर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको अवस्थामा एमाले थप कमजोर भएको आँकलन गरिएको छ। यद्पि हालसम्म धनगढीमा कसैले पनि उम्मेदवारको टुंगो भने लगाउन सकेका छैनन्। विभिन्‍न राजनीतिक दलहरुबाट नेताहरुले आ-आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। 

नेपाली कांग्रेस

नेपाली कांग्रेसबाट मेयर नृप ओड, उपमेयर सुशीला मिश्र भट्ट र नेता कृष्णबहादुर महराको नाम चर्चामा छ। वडले पहिलो कार्यकालमा आफूले बनाएका कयौं योजनाहरु कोरोना महामारी र सरकारको साथ नहुँदा काम गर्न नसकिएको दाबी गर्दै एक कार्यकाल पुनः आफू मेयरमा दोहोरिन इच्छा व्यक्त गरेका छन्। उनले भने, ‘साढे तीन वर्षसम्म रहेको कम्युनिस्ट सरकार पूर्वाग्रही भएका कारण काम गर्न कठिनाइहरु आए। दुई वर्षभन्दा बढी समय कोरोना महामारीले काम अवरुद्ध गर्‍यो। अब एक कार्यकाल दोहोरिएर मैले नै बनाएका योजनाहरु कार्यान्वयन गरेर बिदा हुने हो।' 

थुप्रै समस्याका बाबजुद पनि उनले धनगढीलाई २०७५ सालमा देशकै उत्कृष्ट उपमहानगरपालिका बनाएको बताए। ‘हामीले २०७५ सालमा देशकै उत्कृष्ट उपमहानगरपालिकाको पुरस्कार पायौं। कोरोना महामारी नियन्त्रणमा राम्रो काम गरेको भन्दै तीन ओटा पुरस्कार प्राप्त गरेका छौं,’ ओडले भने।

अघिल्लो पटक नै मेयरमा दाबी गरेर उपमेयरमा खुम्चिएकी सुशीला मिश्र भट्टले यसपटक वर्तमान मेयर वडले मार्ग प्रशस्त गरेर आफूलाई अघि बढाउनुपर्ने बताउँदै आएकी छन्। आफ्नो मेयरमा स्वभाविक दाबी भएको बताउँदै आएकी मिश्र मेयरको लविङमा छन्।

कांग्रेस नेता एवं व्यवसायी कृष्ण महादुर महराले पनि यसपटक आफूले मेयरमा उम्मेदवारी दिने बताइरहेकमा छन्। उनले २०७४ मा पनि मेयरका लागि दाबी गरे पनि पार्टीले टिकट नदिँदा ब्याक भएको र अहिले आफूले मेयरका लागि स्वभाविक टिकट पाउनुपर्ने दाबी गरिरहेका छन्। 

नेकपा एमाले

धनगढीको मेयरका लागि एमालेबाट दुई जनाको नाम चर्चामा छ। एमाले कैलालीका उपाध्यक्ष दुर्गा जोशी र नेता रणबहादुर चन्दलाई सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ। २०७४ सालमा मेयरमा उम्मेदवारी दिएका जोशी चौथो स्थानमा खुम्चिएका थिए। मेयरमा पराजित भएका उनी पछि सेती प्रादेशिक अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष भए। यसअघि पार्टीको सचिव रहेका चन्दले पछिल्लो समय पार्टीमा राम्रो पकड बनाएका छन्, जसका कारण उनी अहिले टिकटका लागि दौडधुप गरिरहेका छन्। 

माओवादी केन्द्र र एकीकृत समाजवादी

माओवादी केन्द्रबाट शान्ति अधिकारी र बलबहादुर ऐरको नाम चर्चामा छ। अधिकारी गत स्थानीय तह निर्वाचनमा उपमेयरमा पराजित भएकी थिइन्। ऐर धनगढी– ३ का वडा अध्यक्ष हुन्। 

त्यसैगरी एकीकृत समाजवादीबाट धनगढी नगर अध्यक्ष मदन रेग्मीको नाम चर्चामा छ। नेकपा एमालेमा रहँदा युवा संघका केन्द्रीय सचिव भएका रेग्मीले एकीकृत समाजवादीले टिकट पाउने अवस्थामा आफ्नो दाबी रहने बताएका छन्। 

गोपाल हमाल

सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता समेत रहेका उद्योग वाणिज्य संघ कैलालीका पूर्व अध्यक्ष गोपाल हमालले यसपटक स्वतन्त्र उम्मदवारीको घोषणा गरिसकेका छन्। २०७४ को चुनावी मैदानमा स्वतन्त्र रुपमा होमिएका हमाल उपविजेता बनेका थिए। यसबाट पनि नेकपा एमाले र माओवादी केन्द्रजस्ता पार्टीका उम्मेदवारभन्दा उनी लोकप्रिय भएको बुझ्‍न सकिन्छ। उनले आफूलाई आफ्नो पार्टीबाट चुनाव लड्न एमालेले आग्रह गरेको भए पनि आफूले अस्वीकार गरेको दाबी गरेका छन्। 

‘मैले अघिल्लो चुनावमा ल्याएको मतले 'क्वालिफाइर राउन्ड' पार गरे जस्तै भयो। अहिले केही दलले आफ्नो पार्टीमा आउन आग्रह गरेका हुन्। तर, म पूर्णकालीन राजनीति गर्ने व्यक्ति होइन। मलाई मेरो ठाउँले धेरै दियो। अब मैले मेरो ठाउँलाई केही दिनुपर्छ भनेर स्वतन्त्र मेयरको दाबेदारी गरिरहेको छु,’ उनले भने।

‘नेपालभरको ठेक्का त लिँन सकिँदैन। तर, मैले जिते भने पाँच वर्षमा धनगढीको मुहार फेर्ने छु। मसँग योजना छ। योजनावद्ध ढंगले अगाडि बढ्ने हो’, नेपाल समयसँग कुरा गर्दै हमालले भने। उनले मेयरमा निर्वाचित भए कुनै पनि सेवा नलिने दाबी गरेका छन्। ‘म भत्ता लिँदैन। कुनै सेवा लिँदैन। जितेपछि देशका विभिन्न ठाउँ पुग्‍नुपर्ला त्यो वापत लाग्ने खर्च पनि लिँदैन। पद लिएर सेवा मात्रै गर्नेछु’, उनले भने।

उनले पाँच वर्षमा राजनीति कल्याणकारी हुनुपर्छ भनेर आफूले देखाउन चाहेको दाबी गरे। दलको उम्मेदवार भए कार्यकर्ताको चाहना अनुसार र नेताको निर्देशन अनुसार चल्नु पर्ने हुनाले आफूले चाहेको विकास गर्न नसकिने अवस्था देखेर स्वतन्त्र उम्मेदवार बन्‍न चाहेको हमालको दाबी छ।

कति छन् मतदाता?

निर्वाचन आयोगको तथ्यांक अनुसार धनगढीमा ९३ हजार १ सय ५१ मतदाता रहेका छन्। निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी राजेश चौधरीका अनुसार धनगढीमा पुरुष मतदाता ४५ हजार ९ सय २४ र महिला मतदाता ४७ हजार २ सय २४ जना तथा अन्य मतदाता तीन जना रहेका छन्। धनगढीमा २०७४ सालको निर्वाचनभन्दा यस पटक ८ हजार ७ सय ९२ मतदाता थपिएको उनले बताए।

प्रकाशित: Apr 10, 2022| 16:44 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।