आइतबार, मंसिर ७, २०८२

प्रिमियर लिगमा सिटी र लिभरपुलको महाभिडन्त आज

इङ्ग्लिस प्रिमियर लिगमा आज उपाधिको लागि संघर्षरत दुई टोली लिभरपुल र म्यानचेस्टर सिटीबीच महाभिडन्त हुँदैछ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिगमा आज उपाधिको लागि संघर्षरत दुई टोली लिभरपुल र म्यानचेस्टर सिटीबीच महाभिडन्त हुँदैछ। खेल सिटीको घरेलु मैदान इथिहाडमा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ।

National life

उपाधि होडका लागि संघर्ष गरिरहेका दुई बलिया टोलीबीच आज अत्यन्तै रोमाञ्चक खेल हुने अपेक्षा गरिएको छ। दुई उत्कृष्ट प्रशिक्षक योर्गेन क्लोप र पेप ग्वार्डिओला आजको खेलका लागि पूर्ण रुपमा तयार छन्। सिटी ३० खेलमा ७३ अंकका साथ तालिकाको शिर्ष स्थानमा रहेको छ भने लिभरपुलको पनि समान ३० खेलबाट ७२ अंक छ। ऊ तालिकाको दोस्रो स्थानमा रहेको छ।

आजको खेल जिते लिभरपुल तालिकाको शिर्ष स्थानमा उक्लिने छ र प्रतिस्पर्धात्मक अंक तालिकामा आफ्नो यात्रा अगाडि बढाउने छ। उता सिटी आजको खेल जितेर शिर्ष स्थानमा आफ्नो अंक दुरी बढाउने दाउमा रहेको छ। आजको खेल दुवै टोलीको उपाधि होडका लागि महत्वपूर्ण छ, त्यसैले आजको खेल दुर्वै टोलीलाई जित्नैपर्ने दबाब छ।

विगतलाई हेर्ने हो भने यी दुई टिमबीच ४९ खेल भइसकेको छ जसमध्ये सिटीले २० खेल जितेको छ भने लिभरपुलले १८ खेल जितेको छ। बाँकी ११ खेल बराबरी भएको छ। पछिल्ला ४ खेललाई हेर्ने हो भने लिभरपुल जितविहिन रहेको छ। प्रिमियर लिगमा यी दुई टोलीबिच उपाधिको लागि प्रायः प्रतिस्पर्धा भइरहन्छ। विगत केही वर्षलाई हेर्ने हो भने यी दुई टिम प्रिमियर लिग धेरै जित्ने टिम हुन्। म्यानचेस्टर सिटी प्रिमियर लिगको साबिक विजेता समेत हो।

प्रकाशित: Apr 10, 2022| 14:57 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।