दाङ- दाङको घोराहीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ। दुई जना घाइते भएका छन् ।
दुर्घटनामा परी १९ वर्षीय रोहन हमाल र १६ वर्षीया सविना हमाल घाइते भएका हुन्। उनीहरूकी आमाको भने दुर्घटनामा ज्यान गएको छ।
घाइते दुबै दाजुबहिनीको घोराहीमा उपचार भइरहेको छ। घोराहीको कटुकीबाट नारायणपुर बजार आउँदै गरेको रा १ ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका-८ वनगाउँमा दुर्घटनामा परेको थियो।