मंगलबार, साउन २६, २०८३

पूर्वसांसद गुरागाईंमाथि खुकुरी प्रहार

पूर्वसांसद तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य एवं पूर्व सांसद गोपाल गुरागाईंमाथि खुकुरी प्रहार भएको छ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

धनकुटा- पूर्वसांसद तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य एवं पूर्व सांसद गोपाल गुरागाईंमाथि खुकुरी प्रहार भएको छ।

धनकुटाका नेता गुरागाईंमाथि उनका छिमेकीले शनिबार एक्कासी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। ७६ वर्षीय गुरागाईं धनकुटा नगरपालिका ६ का वासिन्दा हुन्। 

खुकुरी प्रहार गर्ने युवक पनि धनकुटा नगरपालिका ६ कै २३ वर्षीय दिनेश पोखरेल रहेको धनकुटा प्रहरीले जनाएको छ ।

घरमा गफगाफ गरिरहेको अवस्थामा उनीमाथि खुकुरी प्रहार भएको थियो। ती युवकले किन खुकुरी प्रहार गरेकाहुन् भन्ने बारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

गुरागाईंको अनुहारमा गहिरो चोट लागेको छ। उनको धनकुटा अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित विपी कोइराला बिज्ञान प्रतिस्ठान लगिएको प्रहरीले जनाएको छ। गुरागाईं ०४८ सालमा सांसद बनेका थिए।

प्रकाशित: Apr 10, 2022| 11:08 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।