आइतबार, मंसिर ७, २०८२

प्रथम टी-२० मेयर कप क्रिकेटको उपाधि राजविराजले जित्यो

विराटनगरमा सम्पन्न प्रथम टी-२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराज नगरपालिकाले जितेको छ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

विराटनगर- विराटनगरमा सम्पन्न प्रथम टी-२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराज नगरपालिकाले जितेको छ। 

National life

विराटनगर-१९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै राजविराजले उपाधि उचालेको हो। 

उपाधि भिडन्तमा टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९७ रनको स्कोर खडा गरेको थियो। राजविराजका लागि विवेक यादव २१ र पूर्वअन्तर्राष्ट्रिय खेलाडी महबुब आलम १४ रन बनाउन सफल भए। जनकपुरका लागि ‘सटिक बलिङ’ गर्ने क्रममा साइमन रोयले ४ ओभरमा ९ रन खर्चिँदै ३ विकेट लिएका थिए। 

जनकपुर ६ विकेटमा ८७ रनमा अल आउट भयो। जनकपुरका लागि विशाल सुसबैनले ३० बलमा सर्वाधिक ३३ रन बनाए। जनकपुरलाई अन्तिम ओभरसम्म रन रोक्दै पराजयतर्फ धकेल्नका लागि विकास दास र विवेक यादवले सटिक बलिङ गरेका थिए। 

राजविराजले उपाधिसँगै १ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ। उपविजेतामा खुम्चिएको जनकपुरले ५१ हजार रुपैयाँमै चित्त बुझाउनु पर्‍यो। प्रतियोगितामा राजविराजका विकास दास उत्कृष्ट ब्याट्सम्यान, राजविराजकै अनिल यादव उत्कृष्ट बलर र जनकपुरका हरिशंकर साह प्लेयर अफ दी सिरिज घोषित भए।

Laxmi sunrise bank
kumari

प्रतियोगितामा ५८ रन बनाएका हरिशंकरले कूल ७ विकेट लिएका थिए। विराटनगर महानगरपालिकाको आयोजना र होराइजन क्रिकेट क्लबको संयोजनमा  गत २२ गतेदेखि प्रतियोगिता सुरु भएको थियो। 

प्रतियोगितामा प्रदेश १ का विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका, मेची नगरपालिका तथा मधेस प्रदेशका वीरगन्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिका र राजविराज नगरपालिका गरेर ६ वटा टिमले सहभागिता जनाएका थिए।

प्रकाशित: Apr 10, 2022| 06:50 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।