मंगलबार, असोज २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • २.९१ अंकले नेप्से परिसूचक घट्दा कुन-कुन कम्पनीलार्इ घाटा ?

२.९१ अंकले नेप्से परिसूचक घट्दा कुन-कुन कम्पनीलार्इ घाटा ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेप्से परिसूचक २.९१ अंक घटेको छ। मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बजारमा आएका अधिकांश समूह रातो भएपछि परिसूचक घटेको हो। परिसूचक २.९१ अंक घटेर एक हजार १९१.४७ बिन्दुमा पुगेको छ।
   
१६३ कम्पनीहरुको ३ हजार १८९ शेयर ५ लाख ७८ हजार ९३३ पटक खरिद बिक्रीबाट १६ करोड ७७ लाख ३९ हजार ६९७ रुपैयाँको कारोबार भएको छ। विकास बैंक, हाइड्रोपावर र फाइनान्सबाहेक सात समूहको परिसूचक घटेको छ।

जसमा सबैभन्दा बढी लाईफ इन्स्योरेन्सको परिसूचक २७.६१ अंक घटेको छ। त्यसपछि ननलाईफ इन्सोरेन्सको २४.९५ र होटलको परिसूचक १७.१८ अंक घटेको छ। 

यी कम्पनीका लगानीकर्ताले बेहोरे घाटा

सीटी एक्स्प्रेसस फाइनान्स कम्पनीका लागनीकर्ताले ९.८७ प्रतिशत घाटा बोहोरेको छ। त्यस्तै नेरुदे लघुवित्त विकास  बैंकको लागनीकर्ताले ३.६३, सुर्य लाईफ इन्स्योरेन्सले ३.३२, एनएलजी इन्स्योरेन्सले ३.२९,  किसान माइक्रोफाइनान्स वित्तीय संस्थालको लगानीकर्ताले ३.१९ प्रतिशत घाटा बेहोरेको छ।

ग्रीन डेभ्लप्मेन्ट बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी, सूर्यदय लघुविक्त विक्तिय संस्थ, मैत्री डेभ्लप्मेन्ट बैंक र आइसीएफसी फाइनान्स लिमिटेडले क्रमशः २.९२, २.९१, २.५,२.४ र २.४ प्रतिशत लगानी गुमाएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्