बुधबार, फागुन २०, २०८२

इङ्ग्लिस प्रिमियर लिगमा न्युकासलले उल्भ्सलाई पराजित गर्‍यो

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले उल्भ्सलाई पराजित गरेको छ।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

काठमाडौं- इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले उल्भ्सलाई पराजित गरेको छ।

गएराति भएको खेलमा न्युकासलले उल्भ्सलाई १-० गोलले पराजित गरेको हो।

न्युकासलका क्रिस उडले खेलको ७२औं मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो। जितसँगै न्युकासलले ३१ खेलमा ३४ अङ्क जोडेको छ। न्युकासल १४औं स्थानमा छ। उल्भ्सको ३२ खेलमा ४९ अङ्क छ। उल्भ्स आठौं स्थानमा छ। 

इङ्ग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन्। आज एभर्टन र म्यानचेस्टर युनाइटेड, वार्टफोर्ड र लिड्स युनाइटेड, साउथह्याम्टन र चेल्सी, आर्सनल र ब्राइटन तथा एस्टन भिल्ला र टोटनह्याम खेल्दैछन्।

प्रकाशित: Apr 09, 2022| 09:25 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।