बुधबार, फागुन २०, २०८२

पञ्जाबमाथि गुजरातको रोमाञ्चक जित

इन्डियन प्रमियर लिगमा पञ्जाबमाथि गुजरातले रोमाञ्चक जित निकालेको छ।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

काठमाडौं- इन्डियन प्रमियर लिगमा पञ्जाबमाथि गुजरातले रोमाञ्चक जित निकालेको छ। अन्तिम दुई बलमा १२ रन आवश्यक हुँदा ओडेन स्मिथलाई दुवै बलमा छक्का प्रहार गर्दै गुजरात टाइटन्सका राहुल तेवतीयाले टोलीलाई तेस्रो जित दिलाएका छन्।

अन्तिम ओभरमा जितका गुजरातलाई ‍१९ रन आवश्यक थियो। बलिङमा स्मिथ आएका थिए। पहिलो बल वाइड फालेपछि अर्को बलमा हार्दिक पाण्ड्यालाई विकेट किपर जोवी बेयरोस्टोले २७ रनमा रन आउट गराए। 

दोस्रो बलमा तेवतीयलाले एक रन लिए। तेस्रो बलमा मिलरले चौका प्रहार गरे। चौथो बलमा ‘ओभर थ्रो’ को रुपमा गुजरातले १ रन जोड्दा अन्तिम दुई बलमा १२ रन आवश्यक थियो ती दुवै बलमा तेवतीयाले स्मिथलाई छक्का प्रहार गर्दै सनसनी जित निकाले।

योसँगै गुजरातले १९० रनको लक्ष्य ४ वकेट गुमाउँदै पूरा गर्‍यो। गुजरातका सुवमन गिलले सर्वाधिक ९६ रन बनाए। साइ सुदर्शनले ३५ रन बजाए। पञ्जाबका कागिसो रबाडाले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो। पञ्जाबका लियाम लिभिङस्टोनले सर्वाधिक ६४ रन बनाए। यस्तै शिखर धवनले ३५ तथा जितेश शर्माले २३ रन बनाए। गुजरातका राशिद खानले ३ विकेट लिए।

kumari

जितसँगै गुजरात ३ खेलमा ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पन्जाब ४ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा छ।

प्रकाशित: Apr 09, 2022| 08:05 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।