बुधबार, असार ३१, २०८३

आजदेखि सिटिजन बैंकको एफपिओ बिक्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सिटिजन बैंकले आज (मंगलबार) देखि फर्दर पब्लिक अफरीङ (एफपिओ) बिक्री खुला गरेको छ। बैंकले नौ करोड २७ लाख ६५ हजार रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ बिक्री खुला गरेको हो।

बैंकका अनुसार प्रतिकित्ता दुई सय रुपैयाँमा सर्वसाधारणले एफपिओको लागि आवेदन दिन पाउने छ। जसमा एक सय रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ प्रिमियम थप गरिएको  छ।

एफपिओको लागि सर्वसाधारणले न्यूनतम ५० देखि २३ सय कित्तासम्म आवेदन दिन पाउने बैंकको  भनाइ  छ। ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको उक्त एफपिओको साउन १८ गतेसम्म खुल्ने बैंकले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्