काठमाडौँ–मेगा बैंक नेपाल लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच सेवा आदानप्रदान सम्बन्धी सम्झौता भएको छ ।
मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सोमबार भएको सम्झौतामा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ग्राण्डी अस्पतालका व्यापार तथा बजार प्रमुख प्रतीक तिवारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा मेगा बैंकका कर्मचारी, ग्राहक र उनीहरुका परिवारलाई बिभिन्न स्वास्थ्य सेवा र सुविधा प्रदान गरिने उल्लेख छ ।
सम्झौता अनुसार मेगा बैंकका ग्राहकहरुले १५ सय रुपैँया तिरेर ११ वटा स्वास्थ्य सेवाको प्याकेज पाउने छन् । प्याकेजमा सीबीसी, ब्लड सुगर फास्टिङ, सम्पूर्ण कोलेस्टोरेल, क्रेटेनाइन, युरिन टेस्ट, एसजीओटी, एकजीपीटी, चेस्ट एक्सरे, इसीजी, चिकित्सक परामर्श र रजिष्ट्रेशन कार्ड रहेका छन् ।
यसैगरी मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले उपचारमा साँढे ७ प्रतिशत छुट पाउने भएका छन् । ग्राण्डी अस्पतालले उपचारका लागि आकस्मिक रुपमा हेलिकप्टर प्रयोग गर्नुपर्दा मेगाका ग्राहकवर्ग र उनीहरुको परिवारलाई प्राथमिकता दिने समेत सम्झौता भएको बैंकले जानकारी दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४