बुधबार, चैत ४, २०८२

प्रधानमन्त्रीद्वारा टाइफाइडविरुद्धको खोपको शुभारम्भ

प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध दिइने खोपको उद्घाटन गरेका छन्। प्रधानमन्त्री देउवाले स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गर्दै खोप कार्यक्रमको शुभारम्भ गरेका हुन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं-  प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध दिइने खोपको उद्घाटन गरेका छन्। प्रधानमन्त्री देउवाले स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गर्दै खोप कार्यक्रमको शुभारम्भ गरेका हुन्।

National life

रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन्। 

आजदेखि सुरु भएको खोप अभियान आगामी बैशाख २५ गतेसम्म चल्नेछ। यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दिइनेछ। 

नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो। देशभरका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ। 

नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ। नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दैआएको थियो। शुक्रबारबाट देशभरबाट खोप लगाउन थालिने छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 07, 2022| 09:49 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्