आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालका विद्रोहीबाट भागेका अनिल कंगोका विद्रोहीबाट मारिए

नेपालका विद्रोहीबाट भागेका अनिल कंगोका विद्रोहीबाट मारिए

काठमाडौंमा प्रवेश गरेको केही समयपछि माओवादीले जनसेना बनाउन खोजेका अनिल १३ वर्षअघि आफ्नै ईच्छाले नेपाली सेनामा भर्ना भए।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

२०५२ बाट सुरु भएको सशस्त्र द्वन्द्व २०६१ सालसम्म पनि जारी थियो। तत्कालीन नेकपा (माओवादी)ले सबै प्रकारकाव विभेदबाट उन्मुक्तिका लागि भन्दै गाउँगाउँबाट युवाहरूलाई युद्धमा भिड्न तयार बनाएर जनसेना बनाउँथ्यो। सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ का अनिल गुरुङलाई पनि माओवादीले जनसेना बनाउने प्रयत्न गरेको थियो। 

National life

माओवादीले अनिललाई धाकधम्की दिएर जबरजस्ती घटरबाट लगेका पनि थिए। तर केही दिनमा उनी घर फर्कन्थे। पटकपटक यस्तो क्रम दोहोरिएपछि बाबु लालबहादुरले छोरालाई आफूसँगै घरमा राख्न सकेनन्। त्यसबेला उनको उमेर १५ वर्षको मात्र थियो। 

यसपछि लालबहादुरले छोरालाई काठमाडौं भगाएका थिए। बाध्यताले अनिल काठमाडौं प्रवेश गरे। नातामा बुबा लालबहादुरका भान्जा रणबहादुर गुरुङ पनि सैनिक सेवामा थिए। उनी जर्नेलका बडिगार्ड बनेका थिए। काठमाडौं ल्याएपछि बुबा लालबहादुरले उनै रणबहादुरलाई छोरो जिम्मा लगाएर लालबहादुर सुर्खेत फर्किएका थिए। रणबहादुरले अनिललाई नेपाली सेनामा भर्ना हुन प्रेरित गरेका थिए। 

काठमाडौंमा प्रवेश गरेको केही समयपछि माओवादीले जनसेना बनाउन खोजेका अनिल १३ वर्षअघि आफ्नै ईच्छाले नेपाली सेनामा भर्ना भए।

नेपाली सेनामा प्रवेश गरेको एक वर्षपछि उनले काठमाडौंकी विद्या महर्जनसँग प्रेम विवाह गरे। अनिल र विद्याका एक छोरा छन्। अनिलका श्रीमती र छोरा काठमाडौंमा नै बस्दै आएका छन् भने बाबु र परिवार सुर्खेतमा नै छन्। 

Shivam cement

नेपाली सेनाको सेवामा हुँदाहुँदै उनलाई शान्ति मिसन जाने अवसर आयो। राम्रो आम्दानी गर्न सकिने भएकाले सेनामा मिसनमा जानुलाई अवसरका रूपमा लिइन्छ। शन्ति स्थापनका लागि संयुक्त राष्ट्रसंघीय मिसनमार्फत् उनी गत पुस ७ गते अफ्रिकी मुलुक कंगो पुगे।

000

कंगो खटिएकै बेला विद्रोहीले अनिलसहितको नेपाली सेनामाथि आक्रमण गर्‍यो। आक्रमणमा परेका अनिललाई विद्रोहीले हानेको गोली लाग्यो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनी गम्भीर घाइते भएका थिए। गोली लागेर ढलेका उनलाई लगत्तै हेलिकोप्टरमार्फत कंगोकै बुनियास्थित लेबल-२ अस्पतालमा भर्ना गरिएको थियो। 

तर अनिलमाथि गरिएको उपचार सफल हुन सकेन। उपचारकै क्रममा सोमबार अनिलको मृत्यु भएको नेपाली सेनाको सूचना निर्देशनालयले जानकारी दिएको छ। 

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार पहिला विद्रोहीको कब्जामा रहेको जमिनबाट उनीहरूलाई धपाएर नेपाली सेना त्यो ठाउँमा पुगेको थियो। 'अपरेसन बाली' नामको उक्त कार्बाहीका बाँकी सबै सदस्य सैनिक सुरक्षित रहेको सेनाले जानकारी दिएको छ। 

000

अनिलको मृत्युको खबर विद्यालाई विश्वास लागेकै छेन। सुर्खेतमा नै रहेका अनिलका बुवा लालबहादुरलाई पनि  छोरो मारिएको कुरा सुने पनि विश्वास छैन। 

अनिलसँगै मिसनमा पुगेका सम्बन्धमा नाती पर्ने चन्द्रबहादुर गुरूङले अनिलको मृत्यु भएको खबर लालबहादुरलाई सुनाएका थिए। उनले अनिलको मृत्यु भएको तर नेपाली सेनाको कार्यालयले सम्पर्क गर्ने सुनाएका थिए। चन्द्रले उक्त कुरा सुनाएपछि लालबहादुर बोल्न सकेनन्। 

अनिलको मृत्यु भएको खबर सुनाउन बुधबार बिहान सैनिक अधिकारी नयाँबजार पुगेका थिए। अनिलकी श्रीमती विद्याले भनिन्, ‘आज बिहान जंगी अड्डाबाट दुई जना सरहरू आउनुभएको थियो, उहाँहरूले त्यही कुरा सुनाउनुभयो।’ उनीहरुले अनिलको शव एक साताभित्र नेपाल आइपुग्ने जानकारी गराए। 

मध्य अफ्रिकामा पर्ने कंगो द्वन्द्वग्रस्त मुलुक हो। त्यहाँ विभिन्न हतियारधारी विद्रोही समूह सक्रिय छन्। नेपाली सेना सन् १९९९ देखि कंगोमा खटिएको छ।

द्वन्द्वको चपेटमा परेका ४३ देशमा नेपाली शान्ति सेना पुग्ने गरेका छन्। यसक्रममा ६९ जना सैनिकको मृत्यु भएको नेपाली सेनाले जनाएको छ। अहिले ११ वटा देश करिब ५५ सय नेपाली सेना खटिएका छन्। गुरुङको निधनप्रति नेपाली सेनाले दुख व्यक्त गरेको छ। 

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले नेपाली सेनामाथि कंगोमा विद्रोहीले गरेको आक्रमणप्रति दुःख व्यक्त गरेको छ। सोमबार भएको सुरक्षा परिषद्‍को बैठकमा उसले नेपाली सेनामाथि भएको आक्रमणको निन्दा गरेको हो। सुरक्षा परिषद्का सदस्य राष्ट्रहरू शान्ति स्थापनार्थ कंगोमा खटिई वीरगति प्राप्त गरेका (गुरुङ)को परिवारप्रति श्रद्धाञ्जलि प्रकट गर्दछ,' परिषद्ले जारी गरेको वक्तव्यमा भनिएको छ। युएनको नियमअनुसार गुरूङ परिवारले क्षतिपूर्ति तथा राहत पाउने सेनाले जनाएको छ।

प्रकाशित: Apr 06, 2022| 15:07 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।